आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शनिबार राति बिल मिलाउँदै गरेका जनप्रतिनिधि र कर्मचारीलाई नेकपाका कार्यकर्ताले कार्यालयमै थुने

प्रकाशित
1.4K
SHARES

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै थुनिदिएका छन् । कैलाली उक्त नगरपालिकाकाको ४ नम्बर वडा कार्यालयमा कर्मचारी र जनप्रतिनिहरुले राति काम गर्दैगर्दा शनिबार राति थुनिएका हुन् । सार्बजनिक बिदाको दिन, त्यो पनि राति । राति एक हुल जनप्रतिनिधि र कर्मचारीले काम गरिरहँदा बाहिरबाट नेकपाका कार्यकर्ताहरुले ८ बजेतिर ताला लगाएका थिए । उनीहरुले लेखा शाखामा काम गरिरहेका हुँदा भ्रष्टाचार गरेको र असारे विकास वा काम नगरी बिल मिलाउन लागेको नेकपा कैलालीले बताएको छ ।

“सर्बजनिक बिदाको दिन, त्यो पनि मध्यरात लेखा शाखामा जनप्रतिनिधि र कर्मचारीले शंकास्पद काम गरिरहेको हुँदा ताला लगाएका हौं । अब छानविन गरी कारवाही गर्छौं” नेकपाका एक नेताले भने । उनले जिल्लाभरी अहिले बजेट सक्न जनप्रतिनिधि र कर्मचारी मिलेर रातारात काम गरिरहेको बताउँदै आफूहरुले निगरानी बढाएको बताए । जनप्रतिनिधि र कर्मचारी कार्यालयमा थुनिएको जानकारी प्रहरीले पाएपनि रातिसम्म गएको थिएन । कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले संचारकर्मीलाई ताला कसले लगाएको हो भन्ने नखुलेको तर नेकपाको पर्चा भेटिएको बताए ।

नेकपा स्रोतका अनुसार मध्यारात वडा कार्यालयका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार सहित केही जनप्रतिनिधीले मध्यराति बिम मिलाइरहेका थिए । कार्यालय समयमा नभएर मध्यराति काम गर्नुको कारण भने नगरपालिकाले बताएको छैन । यसैबीच कैलालीको एकमात्र उपमहानगरपालिकासहित अधिकांश स्थानीय तहमा नेकपाका कार्यकर्ताहरुले ताला लगाएका छन् । उनिहरुले महानगरसहित अधिकांश स्थानीय तहका वडा कार्यालयमा ताला लगाएका हुन् । प्रदेश राजधानी रहेको धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको बताइएको छ ।

यसैबीच कैलालीका गाउँ, नगर र उप–महानगरपालिका गरी ४५ वडा कार्यालयमा नेकपाले तालाबन्दी गरेको छ। धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका लगायत वडा कार्यालयहरुमा तालाबन्दी गरेको कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् । वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गरेको र त्यसकाविरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ ।

प्रतिक्रिया