आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो ठाउँमा केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मान्छेहरुको भागाभाग

प्रकाशित
21.8K
SHARES

काठमाडौं । केही दिनको फरकमा लगतार भुकम्पको धक्का महसुस गरिएको छ । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको हो । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको युएसजिएसले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर १३ मिनेट जाँदा (नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर चार मिनेट जाँदा) भूकम्प गएको हो । सोही क्षेत्र केन्द्रविन्दु भएर नेपाली समय अनुसार शुक्रबार बिहान ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

शनिबारको भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको जनाइएको छ । भुकम्पपछि मान्छेहरुको भागाभाग भएको छ । लगतार दशक यताकै शक्तिशाली भुकम्पको धक्का आउन थालेपछि त्यस क्षेत्रका कासिन्दाहरुमा त्रास देखिएको छ । एजेन्सी

प्रतिक्रिया