आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकार ढाल्ने देउवाको घोषणा, होला त सफल

प्रकाशित
1.5K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने उद्घोष गरेका छन् । स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेकाले अब कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरिसकेको बताए । मानवअधिकार आयोगमासमेत सरकारले हस्तक्षेप गरेको बताउँदै उनले तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिए । कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको ‘म्यान्डेट’लाई दुईतिहाइको शक्तिशाली सरकारले सम्बोधन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।  लोकतन्त्र र संघीय संरचनालाई संस्थागत गर्न आवश्यक पर्ने कानुन पनि सरकारले निर्माण गर्न नसकेको उनको भनाइ थियो । दुई दिनसम्म चल्ने स्थानीय तहको भेलामा देशभरका कांग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ । यसैबीच नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई दबाब दिएका छन् । पार्टी कार्यालय सानेपामा बुधबार र बिहीबार दुई दिनसम्म चलेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजान र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्ने कार्यक्रम ल्याएर जनतामा जान दबाब दिएका हुन् ।

उनीहरुले पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुंग्याउनुपर्नेमा जोड दिएका बताइएको छ ।कांग्रेसले गएको वैशाख २५ देखि जेठ २५ गतेसम्म देशभर सन्चालन गरेको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो । अभियानकाक्रममा कांग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ, नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । अन्तरक्रियामा उठेका विचारलाई पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने कांग्रेसले जनाएको छ । कांग्रेसले दोस्रो चरणको जागरण अभियान आउँदो भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ गतेसम्म सन्चालन गर्ने जनाएको छ । यसैबीच, नेपाली कांग्रेसले नेविसंघलगायतका भातृसंगठनको संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय गर्न यही असार २२ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया