आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतलाई झट्का, नेपाली टिभीमा विदेशी च्यानलको प्रशारण लागि बन्द

प्रकाशित
1K
SHARES

काठमाडाैँ । विदेशी विज्ञापन बज्ने टेलिभिजन च्यानल आजदेखि दुई दिनका लागि बन्द भएका छन् । नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी च्यानल रहेकोमा ती च्यानल आज दिउँसो ३ बजेदेखि बन्द भएका हुन् ।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु आज दिउँसो ३ बजेदेखि बन्द गराएको हो ।

महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहनेछ । विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ । ‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् ।

नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ ।

ऐन लागू गरिएपछि इन्डियन ब्रोडकास्टरले क्लिन फिडमा अमसर्थ जनाएमा विज्ञापन प्रशारण हुने च्यानल नै बन्द गर्नुपर्ने छ । त्यसको समस्याबारे अवगत गराउन महासंघले २४ घण्टे विरोध गरिएको जनाएको छ। राष्ट्रिय केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले क्लिन फिड लागू हुँदा टेलिभिजन कस्तो देखिन्छ भनेर डेमो देखाउन लागिएको बताए ।

क्लिन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अवैध ढंगले भारतीय डिटिएचका सेटअप बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ।

क्लिन फिडका कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने र खुल्ला सिमानाको फाइदा उठाउने चलखेल हुने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने भन्दै समितिले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ।

यसले नेपालमा सञ्चालित डिटिए, आइपिटिभी र डिआइटीजस्ता कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ती कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौंको रोजगारी गुम्ने अवस्था सिर्जना हुने जनाएको छ।

नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा छ।

प्रतिक्रिया