आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी भयानक विमान दुर्घटना यात्रु सबैको मृत्यु, यस्तो छ थप अवस्था

प्रकाशित
24.8K
SHARES

काठमाडौँ । पछिल्लो समय देश भित्र तथा देश बाहिर विमान, हेलिकोप्टर तथा यातायातका साधनहरुको दुर्घट्ना व्यापक रुपमा बढ्दै गईरहेका छन। यस्ता- यस्तै ठुला मनै झस्काउने समाचार सुन्न मा आईरहेका बेला फेरी भयानक विमान दुर्घट्ना भएको छ ।

हवाई राज्यस्थित ओआहु टापुमा यात्रुवहाक विमान दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । बेलुकी भएको दुर्घटनामा विमानमा सवार सबै नौ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् । हवाई राज्यको यातायात विभागले विमान दुर्घटना भएको पुष्टि गर्दै नौ जनाको मृत्यु भएको जनाएको छ ।

यसैबिच जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका जादुगर बेपत्ता भएका छन् । समाचार एजेन्सीहरुका अनुसार भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी आइतबार हुगली नदीमा बेपत्ता भएका हुन् । उनी तालासहितको पिँजडामा थुनिएर नदीमा डुबेको अवस्थामा सकुशल बाहिर निस्कने जादु देखाउने अभियानमा थिए ।

४१ वर्षीय लाहिडीले यस प्रकारको कला यसअघि नै सफलतापूर्वक देखाइसकेको बताइन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतबार हावडा पुल मुनी उक्त कला देखाउने योजना बनाएका थिए । प्रहरीले अनुमति नदिएका कारण उनी केही पर गएर आफ्नो कला देखाउने अभियानमा थिए ।

उनलाई सहयोगीहरुले हातखुट्टा बाँधेर पिँजडामा थुनिदिएका थिए । उक्त पिँजडामा ताला लगाएर क्रेनको मद्दतमा सो पिँजडासहित उनलाई नदीमा डुबाइएको थियो ।

उपस्थित दर्शकहरु उनी सो पिँजडाबाट बाहिर निस्किएको दृष्य हेर्न आतुर थिए । लामो समयसम्म पनि ‘जादु’ कै कारण उनी अन्यत्र पुगेर निस्किएको हुन सक्ने भन्दै दर्शकहरु उनको प्रतीक्षामा बसिरहे ।

अन्ततः उनी आएनन् । त्यसपछि गोताखोर र उद्धारकर्मीसहितको टोलीले उनको खोजतलास सुरु गरेको बताइन्छ । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले युद्ध नचाहे पनि द्वन्द्व भड्किए विनाशको सामनाका तयार रहन इरानलाई चेतावनी दिएका छन् ।अमेरिकाको ‘एनबीसी’ टेलिभिजनसित कुरा गर्दै उनले अमेरिका वार्ताका लागि खुला रहेको तर इरानलाई आणविक हतियार विकास गर्न नदिने बताए ।

अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आक्रमण गर्नु १० मिनेटअघिमात्रै मनसाय बदलेको ट्रम्पले बताए । उनले बिहीबार खसालिएको अमेरिकी जासुसी ‘ड्रोन’को जवाफमा इरानका विभिन्न तीनओटा ठाउँमा आक्रमणको योजना बनाएपनि १५० जना मानिस मारिने थाहा भएपछि आक्रमण रोक्ने निर्णय गरेको बताए ।

इरानले उक्त ड्रोन आफ्नो आकाशमा आएकाले खसालेको बताएपनि अमेरिकाले ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला खसालिएको दाबी गरेको छ । यता, अमेरिकाले आफ्नो देशमा दर्ता भएका सबै विमानलाई खाडी र आसपासका समुद्रमाथिका इराननियन्त्रित हवाईमार्ग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

अमेरिका र तेहरानबीच बढेको तनावको असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ । सुन र पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सुनको मूल्य ६ वर्षमा सबैभन्दा उकालो लागेको छ । त्यस्तै मन्त्री बनेर कुनै व्यक्तिले लाखौं यूरो चोर्नु अपत्यारिलो लाग्न सक्छ। त्यसमा पनि फ्रान्सको रक्षामन्त्री जस्तो संवेदनशील मन्त्री बनेर बैंक घोटाला गर्नु सामान्य कुरा होइन।

प्रतिक्रिया