आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाका दुइ नेता २७ दिनपछि रिहा, दाङमा सितललाई अभिनन्दन

प्रकाशित
1.4K
SHARES

दाङ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेताहरु २७ दिनपछि सुर्खेत प्रहरीको हिरासतबाट रिहा भएका छन् । नेकपाका केन्द्रीय सदस्य बलबहादुर वली ‘सितल’ र अर्का नेता तथा सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई सुर्खेत प्रहरीले रिहा गरेको हो ।

यस्तै बुधबार दाङमा पार्टीको एक आन्तरिक कार्यक्रममा नेकपाले जेलबाट रिहा भएका नेता सितालालाई सम्मान तथा अभिनन्दन गरिएको छ । सो पार्टीको ९ नं. एरिया दाङले आयोजना गरेको राजनैतिक तथा वैचारिक कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो ।

नेकपाको भेरी ब्युरो इन्चार्ज सितलसहित २ जनालाई गत जेठ ७ गते सुर्खेतमा प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको थियो । २७ दिनपछि रिहा भएका सितललाई नेकपा दाङका इन्चार्ज सविनले टिका र फूलमालासहित अभिनन्दन गरेका हुन् ।

अभिनन्दनपछि मन्तव्य राख्दै सितलले फासीवादी कदमले वर्तमान केपी ओली सरकार असफल सावित भएको बताए । उनले सरकार विभिन्न क्षेत्रमा भ्रष्टाचारको जालोले झन्झ जेलिँदै गएको, देशका राष्ट्रिय स्रोत तथा सम्पत्तिको रक्षा गर्नुको साटो बिक्री गरेको र दलालीकरण बढेको, आफ्नै आन्तरिक अन्तरविरोध तथा उसको कार्यशैलीको चौतर्फी विरोध हुनुले सरकार असफल सावित भएको दावी गरे ।

२७ दिनपछि हिरासत मुक्त भएका सितलले अर्को एक प्रसंगमा कथित बहुमतको सरकारले प्रतिबन्ध लगाए पनि कानुनी ढंगले आफ्नो पार्टी प्रतिबन्धित नभएको कुरा अदालतले पुष्टि गरिसकेकाले सबै नेताकार्यकर्तामा नआत्तिएर आफ्नो अडानमा अडिग हुन अपिल गरे ।

कार्यक्रममा प्रशिक्षण दिँदै दाङका इन्चार्ज सविनले राजनैतिक रुपले आफूहरु प्रतिबन्धलाई खारेज गरिसकेको दाबी गरे । आफुहरुको पार्टीलाई प्रतिबन्ध लगाउनुको कारणहरु उल्लेख गर्दै उनले आफ्नो पार्टीले दलाल पुजिवादी व्यवस्थाको विरुद्धमा लडेकोले पार्टी दिन दुई गुणा रात चौगुणाको हिसाबले सुदृढीकरण भइरहेको दावी गरे ।

कार्यक्रममा दाङका सेक्रेटरी विक्रम, जिल्ला कार्यालय सदस्य प्रदिप वली लगायतले राजनैतिक तथा वैचारिक प्रशिक्षण दिएका थिए । एरिया इन्चार्ज तिलक योगी र एरिया सेक्रेटरी रुद्र ओलीले पनि मन्तव्य राखेको कार्यक्रममा भर्खर जेलबाट रिहा भएका जीवनलाई पनि अभिनन्दन गरिएको थियो ।

प्रतिक्रिया