आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गस्तीमा रहेको प्रहरी गाडीलाई लक्षित गरी शक्तिशाली बिस्फोट, ८ जनाको मृत्यु, यस्तो छ थप बिबरण

प्रकाशित
19.7K
SHARES

काठमाडौँ । पछिल्लो समय देश तथा बिदेशबाट ठुला ठुला बम बिस्फोट तथा गोली हनाहान जस्ता समाचार सुन्नमा  आइरहेका छन। यस्ता – यस्तै डरलाग्दा खबर बाहिर आइरहेका बेला फेरी गस्तीमा रहेको  प्रहरीको गाडिलाई लक्षित गरी शक्तिशाली बम बिस्फोट भएको छ ।

सोमालियामा प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा परी आठ प्रहरीको मृत्यु भएको छ । सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बिस्फोट गराइएको हो । गाडीमा ११ जना प्रहरी सवार रहेकोमा तीन जना भने सख्त घाइते भएका छन् ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ । अल कायदासँग सम्बन्धित सो समूहले सोमालियामा विगत केही वर्षदेखि सरकारविरुद्ध आतंककारी हमला गर्दै आएको छ ।

यस्तै  सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ । राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको हो ।

सेनाले प्रदर्शनमा उत्रिएकाहरुलाई धरपकड गर्दै महिलामाथि हिंसा गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् । यद्यपी सेनाले भने यो आरोप अस्वीकार गरेको छ । उनीहरुले प्रदर्शनकारीबिरुद्ध कारबाहीको आदेश पाएको र सोही अनुसार कारबाही गरिए पनि यौन हिंसामा संलग्न नरहेको जनाएका छन् ।

सुडानी सेनाका प्रवक्ता शम्स अल–दिन कबासीले विपक्षीहरुले निराधार आरोप लगाएर सेनाको बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

यता एम्बुलेन्सका एक चालकले पनि प्रदर्शनकै क्रममा घाइते भएका महिलालाई अस्पताल लग्ने क्रममा सेनाले एम्बुलेन्समै बलात्कार गरेका बताएका छन् ।

यसैबीच, सुडानको एक ट्रमा सेन्टरमा बलात्कारमा परेका १२ जना महिलाको उपचार भइरहेको बताइएको छ । सुडानमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनका क्रममा एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कयौं मानिसलाई नदीमा फ्याँकिएको बताइएको छ ।

त्यस्तै रुसको उत्तरी ध्रुवीय क्षेत्रमा झण्डै ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी वैज्ञानिकहरुले दाबी गरेका छन् । रौँले ढाकिएको अवस्थामा टिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको हो । वैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् ।

आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।

स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ ।

“यस्तो हामीले पहिलो पटक देखेका छौँ,” याकुटिया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले जनाए । मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया