आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लिची खाँदा मृत्यु हुने बालबालिकाको संख्या ४७ पुग्यो, दर्जनौं अझै गम्भीर

प्रकाशित
24.7K
SHARES

भारत । फलफुल भनेपछि हुरुक्कै हुने नेपालीहरुको पनि बानी छ तर त्यहि फलफुल नै हामीहरुको काल हुन्छ भन्ने के थाहा ? यस्तै भएको छ हालै मात्र भारतबाट केहि दिन देखि लगातार रुप आईरहेका समाचारहरुमा लिची खाँदा मृत्यु हुने बालबालिकाको संख्या ४७ जना पुगेको जनाईएको छ ।

बालबालिकाहरु लिचीको लतमा लाग्ने र खान पनि मिठो हुने भएको कारण उनीहरुको आर्कषण बढी हुने देखिन्छ र मृत्युको सिलसिला पनि वालवालिकाहरुमा नै बढी देखिएको छ ।

लिची खाँदा मृत्यु हुने बालबालिकाको संख्या ४७ जना पुगेको छ । लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा हज्जारौ बालबालिका सिकिस्त बनेका छन् । यो घटना भारतको हो ।

सिकिस्त धेरै रहेकाले मृतकको संख्या बढेर जाने भारतिय सञ्चार माध्यमले जनाएको छ । त्यहाँ हरेक दिन बालबालिकाको मृत्यु भइरहेको छ कारण लिची नै भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बिहारका स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ बालबालिकामा तीब्र इस्सेफ्लाईटिस सिन्ड्रोम देखियो, जसका कारण मस्तिष्क सुन्निएर उनीहरुको मृत्यु भयो ।

मुजफ्फरपुरका दुई अस्पतालमा जनवरीदेखि यतामात्रै यस प्रकृतिका एक सय ७९ विरामी भर्ना भएको तर केही साता यत्रामात्रै उनीहरुको मृत्यु भएको जनाइएको छ ।

राज्यको स्वास्थ्य विभागले हाइपोग्लाईसेमियाका कारण बालकहरुको मृत्यु भएको र त्यसमा यसवर्ष प्रशस्त मात्रामा फलेको लिचीको पनि भूमिका रहेको बताएको छ । भारतिय स्वास्थ्य संस्थाहरुले अहिले लिची नखानका लागि सार्वजानिक रुपमा सचेतना मुलक सन्देश सेयर गर्न भनेका छन् ।

त्यस्तै रुसको उत्तरी ध्रुवीय क्षेत्रमा झण्डै ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी वैज्ञानिकहरुले दाबी गरेका छन् । रौँले ढाकिएको अवस्थामा टिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको हो । वैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् ।

आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् । स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ ।

“यस्तो हामीले पहिलो पटक देखेका छौँ,” याकुटिया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले जनाए । मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया