आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड-वादलको वेवास्ताले घाइते पुर्व लडाकुको यस्तो हालत, कलिलो उमेरमै काटेर फाल्नु पर्‍यो लिङ्ग

प्रकाशित
19.4K
SHARES

काठमाडौँ । नेपालमा १० बर्षसम्म चलेको जनयुद्धका कमाण्डर प्रचण्ड बादलहरुले अहिले देशमा सरकार चलाइरहेका छन् तर तिनले लडाकु बनाएर लडाइमा बन्दुक बोकाएका घाइते योद्धाहरुको हालत खराब हुदै गएका समाचारहरु आइरहेका छन् ।

पछिल्रुलोपटक रुकुम पश्चिमका एक जना पूर्व लडाकु यस्तै प्रशव पीडाका साथ अस्पतालको शैयामा मृत्यु कुरिरहेका छन् । रुकुम सानीभेरी गाउँपालिका ७ फुक्रुमा घर भएका पुर्ब लडाकु धर्म बहादुर ओली जनयुद्धमा लागेको गोली समयमै झिक्न नसक्दा र उचित उपचार नहुदा क्यान्सरको शिकार भएका छन् ।

उनि क्यान्सरको शिकार मात्र भएका छैनन् उक्त रोगका कारण उनले आफ्नो शरीरको महत्वपूर्ण अंग लिङ्ग नै काटेर फाल्नुपरेको छ । तत्कालिन माओवादीले अर्नघाखाँचीको सदरमुकाम आक्कोरमण गर्दा उनलाई गोली लागेको थियो । खुट्टामा लागेको गोलीका कारण उनलाई क्यान्सर लाग्यो र क्यान्सरले गोप्य अंगसम्म संक्रमण गरेपछि काटेर फाल्नु परेको उनले एक यूटुब च्यानललाई अन्तर्वार्ता दिँदै बताएका छन्।

यति गर्दा पनि उनी क्यान्सर मुक्त हुन सकेनन् । त्यसपछि पनि उनले ३ वटा अप्रेशन गरिसकेका छन् । तर पनि क्यान्सर शरीरको माथिल्लो भागसम्म सर्दै गइरहेको हुँदा जीवन मरणको लडाई लडिरहेका छन् । उनि भन्छन्- “प्रचण्ड-बाबुरामहरुले नेपालमा समाजवादको सपना देखाएर हामीलाई जीवनको आहुति दिन तयार बनाए । उनिबेला जीवनको माया नगरेर लडेका हामि अहिले जीवन खोजेर यसरी बेडमा लडिरहेका छौ, हामीलाई अहिले कसैले चिन्दैनन् ।”

अस्पतालको शैयामा जीवनमरणको लडाई लडिरहेका यी पूर्व लडाकु ओलीको पार्टीले अहिले यिनलाई चिन्दैन । उनकी श्रीमती आशा रोकाले स्थानीय सरकारकहाँ सहयोगको लागि अपिल गर्दा जनप्रतिनिधिहरुले हाम्रो सरकारले यस्ता व्यक्तिलाई सहयोग गर्ने कुनै मापदण्ड बनाएको छैन । केन्द्रीय सरकारको पनि कुनै निर्देशन छैन । त्यसैले तिमीहरु मिडिया मार्फत खर्च जुटाउ भन्ने जवाफ दिएको बताइन ।

आफुले सहयोगका लागि हिजोका कमाण्डर र नेताहरुलाई भेटेर कुरा राख्दा यि मान्छे हाम्रा हुन् कि हैनन् जस्तो ब्यबहार गर्दै वास्ता नगरेको ओलीले गुनासो गरेका छन् । उनले भने- “सायद माथिल्लो लेबलमा पुगेपछि सबै यस्तै हुने चलन छ की ?”

अहिलेसम्म ३ वटा अप्रेशन र ५ वटा किमो गरेका कारण १७ लाख भन्दा बढी ऋण लागिसकेको छ । जनयुद्धकै बेला ससुरा बुवा बेपत्ता हुनुभयो। बुवा बेपत्ता भएको २२ बर्ष पुगिसकेको छ । घरमा अर्को काम गर्ने व्यक्ति छैन । बालबच्चा साना छन् । मैले पनि श्रीमानको हेरचाह गर्दै बस्नुपर्छ । स्थानीय सरकारदेखि केन्द्रसम्म कसैले वास्ता गर्दैनन् । उहाँ जनयुद्धको घाइते हो भन्ने पनि मतलब छैन । अब मैले कसरी उपचार गरेर उहाँको सास बचाउनु ।” रोकाले रुँदै भनिन् ।

आफुलाई जुन राजनीतिक विचारधारा र सिद्धान्त मन परेर जनताको लागि भनेर लडियो आज त्यहि पार्टीका नेताहरु आलिसान महलमा बसेर आफ्नो घाउमा मल्हम लगाउन समेत हिच्किचाएपछि युद्धको बेला ज्यानको मायाँ नगरेर लडेकोप्रति पछुतो लागेको र अहिले आएर लडाकु जीवन अभिशाप जस्तो लागेको ओलीले बताए।

बाबु बेपत्ता भएपछि घरको सार बनेको आफ्नो जेठो छोरा क्यान्सर जस्तो प्राणघातक रोगले जीवन मरणको दोसाधमा हुँदा बाबुको जीम्मेवारी छोराले पुरा गर्ला र भाईबहिनिलाई हेरविचार गर्ला सोचेकी आमाको मन फेरी नराम्ररी कुडिएको छ ।

धर्म र आशाका साना दुई छोराहरु छन । ति अबोध बालक आमासँगै बाउलाई झम्टीदै रुन्छन । धर्मकी आमा छोरो निको भएर घर फर्केला भन्दै कुरेकी छिन । श्रीमती रोका आफ्नो श्रीमानको स्याहार गर्न चाहेर पनि अस्पतालमा आउन पाउदिनन । उनले छोराहरुको पढाई र परिवारको रोजीरोटीको लागि गाउँकै स्कुलमा करारमा पढाउछिन ।

‘श्रीसम्पति सबैथोक बेचेर पनि मेरो ऋण तिर्न सक्दिन, १७-१८ लाख सक्किसक्यो, अब केवल भगवान भरोसा मृत्यु कुरेको छु । यस्तो बेला न मेरो बुवा मेरो साथमा छन । न मेरी श्रीमती चाहेर पनि मसँग बस्न सक्छिन, बाँचे भने आमाको मुख हेर्ने मन छ’ गहभरी आँशु पार्दै धर्मले मलिलो स्वरमा रुँदै भने ।’

ओलीले युद्धमा लागेका गोलिका छर्रा निकाल्न जाँदा पेनिस क्यान्सर भएको पत्ता लागेको र उपचार गर्दा-गर्दा घरखेत सबै सकेर पनि केहि सिप नचलेपछि धर्मको परिवारले उनलाई बचाईदिन देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीसँग सहयोगको याचना गरेका छन । आफुलाई सहयोग गर्न चाहानुहुनेले ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर 0707010008210 रकम जम्मा गर्न सकिने तथा ९८४७९८२३१७, ९८४७९९९४८६ मा पनि सम्पर्क गरेर थप बुझ्न सकिने बताएका छन् ।

प्रतिक्रिया