आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शम्भु राई हात जोड्दै मिडियामा, भन्छन्- प्रकाश सपुतले गीत बंग्याएर मेरो छातीमा छुरा हाने

प्रकाशित
29.1K
SHARES

काठमाडौँ । पछिल्लो समय नेपाल मात्रै नभएर परदेशमा जहाँ नेपाली छन् त्यहा पनि लोकदोहोरी क्षेत्रका फ्यानहरु भएको स्थानमा यतिबेला प्रकाश सपुतको लोकगीत गलवन्दीले तहल्का नै मच्चाएको छ ।

यस्तो अबस्थामा सपुतको गीत आयो कि जसले साच्चीकै सेलाउँदै गएको लोकदोहोरी बजारलाई नयाँ उचाईमा लगेको छ । तर त्यहि गीत नै चोरी भएको वा जुधेको खबरले भने आम दर्शक श्रोतालाई मर्माहत बनाएको छ ।

नेपालको सांगीतिक बजारलाई अहिले प्रकाश सपुतको गीत गलबन्दीले तताएको छ । यो गीतले युट्युबमा २ हप्तामै एक करोड भ्यु पाएर रेकर्ड राखेको छ । यस गीतले गर्दा प्रकाश सपुतको व्यस्तता पनि बढ्दो छ । यहि गीतको सुखद पक्षसंगै दुखद पक्ष पनि बाहिरिएको छ र चर्चाको विषय बनेको छ ।

गायक शम्भु राईले आफ्नो पूर्वेली गीतको भाकालाई प्रकाश सपुतले तोड मोड गरेर गलबन्दी गीत सिर्जना गरेको भने जसले गर्दा गायक सपुतले अहिले चौतर्फी आलोचना पनि सहनु परेको छ ।

शम्भु राईले क्यानाडा नेपालका लागि सन्तोष निरौलासंग कुराकानी गर्दै भने “मेरो गीतको लयलाई प्रकाश सपुतले चोरेको भनेको होईन तर उनले मेरो लयलाई बङ्गाएर गलबन्दी गीत बनाएका हुन् । मेरो गीत पूर्वेली भाका हो भने प्रकाश सपुतले पश्चिमिली भाकामा बङ्गाएर गलबन्दी गीत बनाए र यो कुरा मैले होईन गीत सुनेपछि सबैले भनेका छन् र यो नै सत्य हो ।”

गायक राई निराश हुदै थप्छन “मैले कसैलाई दोष लगाएको होईन न आरिष गरेको हो । मेरो अस्तित्त्व चाहि हुनपर्छ भन्ने हो । मेरो सिर्जना र अस्तित्त्वलाई मेटिदिन्छ भने म चुप लागेर त बस्न मिलेन नि । गीत सुन्ने सबैले भनिरहेका छन् भने म टुलुटुलु हेरेर त बस्न मिलेन नि ।

मेरो भाकाको मुटु कलेजो लगेर नया तरिकाले गीत बनाएपछि हाम्रो पुस्ता विस्तापित हुने डरले म बोल्नु परेको हो तर मैले कुनै चोरेको आरोप लाएको भने होईन ।”

शम्भु राईले आफ्नो गीत देउसी भैलोको लागि बनाएको गित थियो तर अहिले प्रकाश सपुतले त्यो भाका लाई फास्ट बिटमा तोडमोड गरेर गलबन्दी बनाए । उनले यो गित शम्भु राईको गीत बाट प्रभावित भएको भनेर उल्लेख गरेको भए राम्रो हुन्थ्यो कि भन्दै प्रश्न समेत राखे । कुराकानी हेर्नुहोस

प्रतिक्रिया