आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिंगो गाउँ नै शोकमा डुब्यो, यो कस्तो प्रेम ? सँगै बाँच्न पाएनन् तर सँगै यसरी रोजे मृत्यु

प्रकाशित
23.2K
SHARES

काठमाडौं । जन्मपछिको मृत्यु निश्चिय नै छ । तर मृत्यु रोज्ने अनेक कारणहरु छन् । कालगतिले मर्न पर्ने मानिस आत्महत्याको बाटो रोज्नु, सनको भरमा केहि सेकेण्डमा नै मृत्युलाई आफ्नो प्रिय बनाउने कुराले उनीहरुलाई मात्रै होईन सामाजीक रुपमा समाजलाई र परिवारलाई नै पिडामा लगेको हुन्छ । यसरी रोजिएका मृत्युहरुले साच्चीकै पिडा दायक हुने गरेको छ ।

माया र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने पुरानो मान्यता रहेको छ । यस्तै भारतमा एउटा घटना बाहिर आएको छ । भारतको राजस्थानस्थित बाड़मेर जिल्लामा एक दर्दनाक घटनाघटेको छ ।

बाड़मेरको चौहटन थाना क्षेत्रको लीलसर गाउँ नजिकै एक जोडीले आत्महत्या गरेको खबर सार्वजनिक भएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुई जनाले एक अर्कालाई गोली हानेका थिए ।मर्नेहरुमा शंकर केटा र अंजू केटीको नाम रहेको छ । आत्महत्याको जानकारी पाए लगत्तै थानाधिकारी रमेश ढाका समेतको टोली घटनास्थल पुगेको थियो । दुवै जनाको शबलाई नियन्त्रणमा लिएर प्रहरीले दुवैको परिवारलाई जानकारी गराएको छ ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु केही हिजोदेखी वेपत्ता भएको जानकारी दिइएको छ । उनीहरु बिच केही दिनदेखी प्रेम एकदमै गहिरो भएको थियो । यो जोडी बुधबार हराएको थियो भने आज मृत भेटिएका हुन् । दुवै जनाको शवलाई चौहटन सीएचसी राखिएको छ । उनीहरुको त्यहाँ पोस्टमार्टम हुने जानकारी दिइएको छ ।

उनीहरुले एक अर्कालाई गोली हानेको अवस्थाको तस्वीर अहिले भाइरल भइरहेको छ । उनीहरुले हतियार कहाँबाट पाए भन्ने विषयमा प्रहरीले अनुसन्धान तिव्र बनाएको छ । घटनास्थलमा बियर र चुरोट पनि फेला परेको छ । उनीहरुको विवाहलाई लिएर घर परिवारले दबाब दिएको थियो वा अरु केही कारणले आत्महत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतमा पछिल्लोसमय यस्तै यस्तै अनौठा घटना घटिरहेका छन् । केहिदिन अघि मात्रै भारतको केरलका एक युवकले आफ्नी आमाको विवाहमा दिएको भावुक सन्देश निकै भाइरल भएको छ ।

गोकुल श्रीधर नाम गरेका ती युवकले आफ्नी आमाको दोस्रो विवाहका अवसरमा शुभकामना सन्देश फेसबुकमा पोस्ट गरेका हुन् । मंगलबार उनले पोस्ट गरेको सन्देशमा तीन हजार तीन सयभन्दा बढीले प्रतिक्रिया जनाएका छन् भने उक्त पोस्टलाई ४ हजार दुईसय भन्दा बढीले शेयर गरेका छन् ।

मलयालम भाषामा लेखिएको सन्देशमा गोकुलले आफ्नी आमालाई भनेका छन्, ‘एक महिला, जसले आफ्नो सम्पूर्ण जीवन मेरोलागि समर्पण गर्नुभयो, उहाँले आफ्नै वैवाहिक जीवनमा धेरै कुरा सहनु भयो र देख्नु भयो । कयौं पटक म शारीरिक हिंसाको साक्षी भएको छु, मैले उहाँको टाउकोबाट रगत बगेको देखेको छु, मलाई याद छ, उहाँले प्रत्येक पटक म तेरैलागि बाँचिरहेकी छु भन्नु हुन्थ्यो, उहाँले आफ्नो पूरा जीवन मेरैलागि समर्पण गर्नुभयो । अब मेरो पालो ।’

उनले सन्देशमा अगाडि लेखेका छन्, ‘उहाँको धेरै सपना छन्, जसलाई मैले पूरा गर्नुछ । मसँग भन्नका लागि केही छैन, तर मलाई लाग्छ, यो मौका वा उहाँको विवाह मैले कसैसँग लुकाउन जरुरी छैन । आमा ! ह्याप्पी म्यारिड लाइफ ।’

गोकुलका अनुसार उक्त सन्देश पोस्ट गर्नुअघि उनी हिच्किचाइरहेका थिए । उनी भन्छन्, ‘समाजको एउटा वर्गले मेरो यो विचारलाई पचाउन सक्दैन, तर मलाई लाग्छ, कसैबाट लुकाइरहन जरुरी छैन ।’ उनले आफ्नो पिताका बारेमा भने उल्लेख गरेका छैनन् ।

यसैबीच भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अरव सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । सो चक्रवात आज गुजरातको तटसँग ठोक्किने छ ।

‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा यतिबेला भारी बर्षा र तीब्र हावाको प्रकोप देखिएको छ ।सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ ।

पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । त्यसैगरी रेल सेवालाई पनि बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । १० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ ।

प्रतिक्रिया