आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय वायुसेनाको बेपत्ता विमान ८ दिनपछि यस्तो अवस्थामा फेला पर्‍यो, बिश्व नै चकित

प्रकाशित
45.8K
SHARES

काठमाडौं । भारतीय वायुसेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ। गएको आठ दिनदेखि उक्त जहाज हराइरहेको थियो।

जहाजमा १३ जना सवार थिए। भारतीय वायुसेनाले ट्विट गरेर जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। असमको जोरहाटबाट उडान भरेको केही समयपछि उक्त मालवाहक जहाज विमानस्थलसँगको सम्पर्कबाट विच्छेद भएको थियो।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएको छ । पाकिस्तानले आफ्नो हवाई मार्ग पछिल्लो समय अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि बन्द गरेको छ । भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जानका लागि भने पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

यसअघि भारतीय अधिकारीहरुले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए । भारतको आग्रहअनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाश मार्ग उपलब्ध गराउन सहमति जनाएको हो ।

मोदी १३ र १४ जुनमा किर्गिस्तानको बिश्केकमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसनको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन् । सो बैठकमा पाकिस्तानका प्रधानमन्त्री इमारान खानसमेत सहभागी हुँदैछन् ।

भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानले मोदी सवार विमानलाई आफ्नो आकाश मार्ग दिन सैद्धान्तिक सहमति जनाइसकेको छ । आवश्यक प्रक्रिया पुरा गरेर यसबारे औपचारिक जानकारी भारतलाई उपलब्ध गराउने आश्वासन पाकिस्तानी पक्षबाट आएको भारतीय अधिकारीहरुको भनाइ छ ।

पाकिस्तानले आफ्नो आकाश मार्ग प्रयोग गर्न नदिएको अवस्थामा मोदीले हवाई यात्रामा दोब्बरभन्दा बढी समय खर्चिनु पर्ने हुन्थ्यो । पाकिस्तानी आकाश मार्ग प्रयोग नगरी नयाँ दिल्लीबाट किर्गिस्तान पुग्न करिब ८ घण्टा लाग्ने बताइन्छ । पाकिस्तानी आकाश मार्ग प्रयोग गर्दा करिब ४ घण्टामै किर्गिस्तान पुगिने भएकाले पनि भारतीय अधिकारीहरुले मोदीको विमानलाई आकाश मार्ग दिन पाकिस्तानी अधिकारीसमक्ष आग्रह गरेका थिए ।

त्यस्तै भारतको जम्मु–कस्मिरमा डेढ वर्षअघि एक ८ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारपछिको हत्याकान्डमा संलग्न ६ जनालाई अदालतले दोषी ठहर गरेको छ । पन्जाबको पठानकोट अदालतले सोमबार फैसला गर्दै ६ जनालाई दोषी ठहर गरेको हो ।

सन् २०१८ को जनवरी १० मा ८ वर्षीया बालिकालाई नियन्त्रणमा लिइ लागुऔषध सेवन गराइ सामूहिक बलात्कारपश्चात् हत्या गरेको अभियोगमा अदालतले फैसला सुनाएको हो । अभियुक्तहरुले बालिकाको सामूहिक बलात्कार गरी हत्या गरेको स्वीकारेपछि दोषी ठहर गरिएको हो ।

घटनाका ‘मास्टरमाइन्ड’ पूर्वसरकारी अधिकारी साँझी राम, प्रहरी अधिकृत दीपक खजुरिया र प्रवेश कुमार गरी तीनजनालाई आजीवन कैद सजाय सुनाइएको छ । उनीहरुलाई एक/एक लाख भारु जरिवाना पनि गरिएको छ ।

अरु तीन अभियुक्तलाई पाँच/पाँच वर्षको जेल सजाय सुनाइएको छ । प्रमाणको अभावमा मास्टरमाइन्ड रामका छोरा विशाललाई भने अदालतले सफाइ दिएको छ ।

दुई विशेष प्रहरी अधिकारी दीपक खजुरिया र सुरेन्द्र वर्मा, प्रमुख कन्स्टेबल तीलक राज र सबइन्स्पेक्टर आनन्द दत्तालाई प्रमाण नस्ट गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।

आजीवन कारावासको सजाय सुनाइएका प्रवेश कुमार भने साँझी रामका साथी हुन् । गत वर्षको अप्रिलमा प्रहरीले मुद्दा चलाएका ८ जनामध्ये एक नाबालकको भने जम्मु–कस्मिरस्थित उच्च अदालतमा मुद्दा चलिरहेको छ ।

अल्पसंख्यक बकरवाल समुदायकी ती ८ वर्षीया बालिकालाई अपहरणपछि अपराधीहरुले गाउँको एक मन्दिरमा बन्धक बनाएर राखी कयौं दिनसम्म बलात्कार गरी टाउको कुल्चेर मारेका थिए । उनको शव जनवरी १७ मा क्षतविक्षत अवस्थामा जंगलमा भेटिएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले सो हत्याकान्डलाई दर्दनाक घटना भन्दै उचित छानबिनको माग गरेका थिए ।

प्रतिक्रिया