आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डसँग जोरी खोजेपछि ईश्वर पोखरेललाई ओलीले बेलायतबाटै पठाए यस्तो जवाफ

प्रकाशित
55.3K
SHARES

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आन्तरिक लडाइँ चलिरहेका बेला नेकपा उच्च तहका नेताहरु पनि विभाजित भएका छन् ।

विशेष गरी प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि  उनको सपथग्रहण समारोहमा सहभागी हुन गएका बेला यता अर्का अध्यक्ष प्रचण्डले आफूहरुबीच आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने लिखित सहमति भएको तथ्य बाही ल्याएका थिए ।

प्रचण्डले प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमलासँगको अन्तर्वार्ताका क्रममा ओलीले कि त अबको १४ महिनामा कि त प्रधानमन्त्री पद छोड्नुपर्ने या प्रधानमन्त्री पद त्याग्न मन नभए पार्टीको नेतृत्व सम्पुर्णरुपमा आफुले गर्न पाउनुपर्ने बताएका थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिपश्चात भारतमा रहेका ओली फायर भएका थिए । ओलीले उक्त सहमतिबारे आफुलाई राम्रोसँग थाहा भएको भन्दै अनावश्यक हल्ला गरेर बिषय उचाल्न नहुने बताएका थिए । त्यहि बिषयमा प्रचण्डसंग रिसाएका ओली भारत भ्रमण सकेर नेपाल फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग समेत केहि नबोली बालुवाटार पुगेका थिए ।

पछि प्रचण्डले उक्त सहमतिको बिषय आफुले उचालेको नभइ याद दिलाएको प्रतिक्रिया दिएपछि पूर्व एमाले नेता माधवकुमार नेपालले प्रचण्डको साथ दिएका थिए । फेरी अहिले प्रधनमन्त्री ओली बेलायत भ्रमणमा रहेका बेला कार्यवाहक प्रधनमन्त्रीको जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आलोपालोबारे पार्टीभित्र छलफल नै नभएको दावी गरे ।

सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले गरेको दावीले पूर्वमाओवादी नेताहरु रुष्ट बनेका छन् भने प्रधानमन्त्री ओली समेत रिसाएका छन् । प्रधानमन्त्री ओलीले आफू र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकार चलाउने विषयमा सहमति भइसकेको बताएका छन् ।

सोमबार साँझ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताकै समयमा सहमति भइसकेको विषय भएकाले यसलाई धोरै नउचाल्न कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई चेतावनी दिएका छन्।

उनले भने, ‘एकीकृत पार्टी बनिसकेको अवस्थामा सबै कुरा पार्टीको निर्णय अनुसार हुन्छ । यसअघि नै सहमति भइसकेको छ । यस विषयमा धेरै बोलिहरनुपर्र्दैन ।’  यस्तै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसङघ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे ।

लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, ‘जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ ।’

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफु जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुयाँलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए । गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए ।

प्रचण्डले आलोपालो नेतृत्व गर्ने लिखित सहमति गरेको खुलासा गरेलगत्तै उक्त लिखित सहमति गरेको दस्तावेज नै बाहिरिएको थियो । उक्त सहमति अनुसार ५ वर्षमध्य २ वर्ष ६ महिना ओली र उत्तिनै समय प्रचण्डले सरकारको नेतृत्व गर्ने भन्ने छ । दुई अध्यक्षले गरेको लिखित सहमतिका साक्षी नेकपाका हालका महासचिव विष्णु पौडेल र अर्का प्रभावशाली नेता जनार्दन शर्मा बसेका छन् ।

उक्त ५ बुँदे सहमति यसअघि नै पत्रकार शुभशंखर कँडेलले लेखेको पुस्तक ‘एैतिहासिक एकताका आधारहरु’ प्रकाशित छ । तर यो सहमति त्यतिबेला मात्रै चर्चामा आयो जतिबेला एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले यस्तो सहमतिबारे बोले । प्रचण्डले नबोलेसम्म पूस्तकमा छापिएको सहमतिपत्रबारे कसैले चासो नै राखेका थिएनन् । जब बोले –यो समाचार एकाएक भाईरल हुन पुग्यो ।

यो सहमति बाहिरिएसँगै यस्तो सहमतिपत्र कसले बाहिर ल्यायो भनि नेकपाभित्र खोजीको विषय समेत बन्यो । अध्यक्ष ओली स्वदेश फर्किएलगत्तै उनले सहमतिपत्र बाहिर आएकोबारे छानविन गरेको वालुवाटारस्रोतले बतायो ।

वालुवाटार स्रोतका अनुसार –प्रधानमन्त्री ओली त्यतिबेला चकित भए जतिबेला उक्त सशमतिपत्र महासचिव विष्णु पौडेलसँगै भएकै सहमति पत्र छापिएको थियो । स्रोतका अनुसार सहमतिपत्र त्यतिबेला ४ वटा बनाइएको थियो । दुई अध्यक्ष र दुई साक्षीहरु पौडेल र शर्माले एकएकप्रति लिएका थिए ।

पौडेलसँग रहेको सहमतिपत्रमा हस्ताक्षर गर्दा मसी लतपतिएको प्रति थियो । सोही मसि लतपतिएको प्रति नै प्रकाशित भएपछि पौडेलबाट नै पत्र बाहिरिएको निष्कर्षमा ओली पुगेका थिए । यसबारे महासचिव पौडेलले भने कही प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया