आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिममा भीषण आँधी, १ जनाको मृत्यु सयौं घाईते

प्रकाशित
1.4K
SHARES

काठमाडौं । बिहिबार साझ सुदूरपश्चिम प्रदेशका २ जिल्ला कैलाली र कंचनपुरमा भीषण हावाहुरी आएको छ । हावाहुरीमा परेर व्यापक धनजनको क्षति भएको छ ।

बिहिबार साँझ ८ बजेतिर आएको हावाहुरीले कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा धनजनको क्षेती भएको जिल्ला प्रशाशन कार्यालय कैलाली र कंचनपुरले जनाएका छन् ।

हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीका एसपी सुदीप गिरीका अनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए ।

आँधीहुरीबाट दुई जिल्लामा कम्तीमा १ सय जना भन्दा बढी घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको सुदुरपस्चिम प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण धनगढीमा मात्र कम्तीमा २५ जना घाइते भएका छन् । घाईतेहरुको धनगढीको सेती अञ्चल अस्पताल, निसर्ग अस्पताल, माया मेट्रो र अत्तरियास्थित पद्मा अस्पतालमा उपचार हुँदैछ ।

यस्तै रुखहरु ढलेर सडकमा खसेका काराण यातायात अबरुद्ध भएको छ भने सयौं घरका छानाहरु उडाएको छ । आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।

यस्तै कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । प्रहरीले रातको समय भएपनि उद्दार कार्यमा सक्रियतापूर्वक लागिपरेको जनाएको छ । हुरीको धेरै प्रभाव कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगर क्षेत्रमा परेको बताइएको छ ।

सुदूरपश्चिममा आएको भीषण हावाहुरी क्रमस पुर्ब सर्न थालेको छ । एकजनाको मृत्यु हुनाका साथै सयौलाई घाईते बनाएको हावाहुरी अहिले बर्दिया हुँदै दाङ तिर अगाडी बढिरहेको छ ।

यस्तै सुदुरपश्चिममा आएको हावाहुरी अहिले बर्दिया र दाङ तर्फ बढ्दै पूर्व पूर्व बढ्ने क्रममा रहेको सतर्कता केन्द्रले जनाएको छ । सकेसम्म सतर्कता अपनाइ क्षती हुनबाट बच्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया