आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मिथिलाञ्चलमा वट सावित्री पर्व मनाईयो

प्रकाशित
2.1K
SHARES

सप्तरी । सप्तरीसहित मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइएको छन् । नवविवाहित महिलाहरुले पतिको दीर्घायु, दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् ।

जेठ महिनाको अमावस्य तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालुहरु मिथिलाको पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामूहिक रुपमा पूजा गर्ने चलन छ ।

महिलाहरु दिनभरी निराहार बसी वट सावित्री पर्व उत्साहका साथ निष्ठापूर्वक मनाउने गर्दछन् । यस पर्वलाई स्थानीय भाषामा ‘वसराइत’ पनि भनिन्छ । प्राचीन कालमा सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यसै व्रतको प्रभावले पूनर्जीवन पाएको जनश्रुति छ ।

सावित्रीको व्रतबाट खुसी भएका यमराजले उनको पतिको प्राण फिर्ता गरेको जनविश्वास रहंदै आएको छ । यसैबीच पुरै मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गरेकाछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ ।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिस्थापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ । वटवृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।

यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछिन् भने दोस्रो पटकदेखि सधवा रहुञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछन् । यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ ।

पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् । यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछिन् ।

प्रतिक्रिया