आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली-प्रचण्डबीच लफडा भएपछि नेकपा हेर्डक्वाटर बैठक स्थगित

प्रकाशित
1.2K
SHARES

काठमाडौं । पार्टीभित्रको आन्तरिक बिबादका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक एकाएक स्थगित भएको छ । पार्टीभित्रको विवाद र मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न आज सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो ।

पार्टी एकता र आन्तरिक विवाद समाधानका लागि भन्दै सोमबारका लागि बैठक बोलाइएको थियो । तर प्रधानमन्त्री समेत रहेका अध्यक्षा केपी ओली र दोस्रो तहका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि बैठक नै बस्न नसकेको स्रोतले बतायो ।

प्रचण्डले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने लिखित सहमति भएको रहस्य खोलेपछि ओली अहिले फायर बनेका छन् । प्रचण्डको यस्तो अभिव्यक्तिपछि रिसाएका ओली अहिले पनि फायर नै छन् । नेकपा भित्रका शीर्ष दुई नेता ओली र प्रचण्डबीच नै एकमत नरहेको अवस्थामा सचिवालय बैठक नै स्थगित भएपछि तल्लोतहका नेता कार्यकर्ता भने निराश बनेका छन् ।

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने थप गृहकार्यको खाँचो रहेकाले बैठक स्थगित भएको बताएका छन् । यसअघि आइतबार पनि ओली-प्रचण्डबीच गोप्य छलफल भएको थियो । तर सहमति भने केहि हुन नसकेको नेकपा स्रोतले जनाएयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गोप्य बार्ता मध्यस्तता नेता माधवकुमार नेपालले गरेका थिए ।

आइतबार भएको वार्तामा नेपाल पनि सँगै रहेका थिए। सचिवालय बैठकको एजेन्डा तय गर्न बैठक भएको बताइए पनि यसमा महासचिव विष्णु पौडेलको भने उपस्थिति थिएन । त्यसकारण पनि सचिवालय बैठक एजेण्डा तय गर्नुभन्दा पनि २ अध्यक्षबीचको तिक्तता कम गर्ने प्रयासस्वरुप गोप्य बैठक बसेको थियो ।

उच्च स्रोतका अनुसार हालै एकीकरणका बेला भएको आलोपालो सरकार नेतृत्व गर्ने विषयले चर्चा पाएपछि त्यस विषयमा मन माझामाझ गर्न ओली–प्रचण्डको वार्ता गराइएको हो । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ कार्यक्रममा नयाँ दिल्ली पुगेका बेला प्रचण्डले उक्त सहमतिको स्मरण गराएका थिए ।

प्राइम टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले अब प्रधानमन्त्री बन्ने पालो आफ्नो रहेको बताएका थिए । ओलीलाई ५ बर्ष नै प्रधानमन्त्री अँ भए पार्टीको सम्पूर्ण नेतृत्व आफुले पाउनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया