आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चोरीका मोटरसाइकल १८ देखि २५ हजारसम्म बेचिन्छ, यी हुन् बेच्ने व्यक्ति

प्रकाशित
831
SHARES

काठमाडौं । काठमाडौंमा मोटरसाइकल चोरीको संख्या दिनदिनै वृद्धि हुँदै गइरहेको छ। अन्य सवारी साधनको तुलनामा मोटरसाइकल/स्कुटर अत्यधिक विक्री हुने र धेरै हराउने सवारी साधनको रूपमा चिनिन थालेको छ।

राजधानीमामात्रै दैनिक एकदेखि दुइटा मोटरसाइकल हराइरहेको घटना प्रहरी र ट्राफिक समक्ष निवेदन दर्ता भइरहेको हुन्छ। सार्वजनिक क्षेत्रमा पार्किङ गरेर राखेका मोटरसाइकल र स्कुटर हराउने गरेको कुनै नौलो कुरा हैन तर आफ्नो घरको हाताभित्र सवारी साधन लक गरेर राख्दा समेत चोरी भएको पाइएको छ।

मोटरसाइकल चोरीको घटना बढेता पनि प्रहरीले सोचे अनुरूप परिणाम हासिल गर्न सकेन छैन। राजधानीबाट चोरिएका मोटरसाइकल राजधानी बाहिरका जिल्लाहरूमा जाने गरेको छ। ती मोटरसाइकल कहाँ जान्छन् भन्नेबारे प्रहरी समेत अन्यौलमा छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उत्तम सुवेदीले मोटरसाइकल चोरविरूद्ध कडा रूपमा प्रस्तुत हुने बताए। सुवेदीका अनुसार मोटरसाइकल चोरी गरेपछि लुटेराले नम्बर प्लेट फेरबदल गरेर चलाउने गरेको उनको भनाइ छ।

उनले भने, ‘राजधानीमा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै चोरीको मोटरसाइकल राजधानी आसपासका जिल्लाहरूमा जाने गरेको भने सूचनाको आधारमा अरु जिल्लासँग समन्वयन गरिरहेको र ती गिरोहलाई पक्रिन छुट्टै सिभिल प्रहरीको विशेष युनिटले काम गर्ने गर्नेछ।’

पटकपटक विभिन्न स्थानमा चोरिएको मोटरसाइकलहरू प्राय: काभ्रे,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,धादिङ,मकवानपुरको पालुङ लगायतको स्थानहरूमा प्रयोग भइरहेको प्रहरीकै एक उच्च स्रोतको दाबी छ। आर्थिक वर्ष ०७५/०७६ मा १३ सय ४५ ओटा मोटरसाइकल हराएको निवेदन ट्राफिक महाशाखामा दर्ता भयो। तीमध्ये ३ सय ४ ओटा फेला परे।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले मोटरसाइकल चोरीपश्चात् स्वरुप परिवर्तन तथा भिन्न रङ प्रयोग गरी मोटरसाइकल चलाउने प्रहरीको अनुसन्धानबाट खुलेको बताए।

पक्राउ परेका मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरूले चोरीको मोटरसाइकल नेपालभित्रै १८ हजारदेखि २५ हजारसम्ममा विक्री गर्ने गरेको प्रहरी स्रोतको दाबी छ।

बलम्वु प्रहरीले दुइटा मोटरसाइकलसहित चोर पक्रिएको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका ७ चौवास बस्ने ३० वर्षीय दीपक सिंह थिङलाई महानगरीय प्रहरी प्रभाग बलम्बुका सहायक निरीक्षक अमिर श्रेष्ठको टोलीले पक्राउ गरेको हो।

काठमाडौं चन्द्रागिरी १२ दोम्बुटोलस्थित गोलभेँडा टहराबाट राजेश तामाङ र रेशम तामाङले पार्किङ गरी राखेको प्रदेश ३-०२-००१ प ४५६२ नम्बरको २२० सिसीको निलो कलरको पल्सर मोटर साइकल र बा ८९ प ७५९८ नम्बरको २२० सिसीको निलो कलरको पल्सर मोटरसाइकल चोरी भएको १८ घण्टामै प्रहरीले मोटरसाइकलसहित एकलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।

महानगरी प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले पछिल्लो समय चन्द्रागिरीमा मोटरसाइकल चोरी बढिरहेको भन्ने सूचना प्राप्त गरेसँगै सिभिल प्रहरी खटाइएको बताए। वृत्त प्रमुख थापाका अनुसार चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताए। तस्बिर : रोसन दानी

प्रतिक्रिया