आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भर्जिनियाको सरकारी भवनमा अन्धाधुन्ध गोली चल्यो, १२ जनाको मृत्यु, थप विवरणसहित

प्रकाशित
1.2K
SHARES

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ। गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोली चलाउने भर्जिनियाबीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाएका थिए। गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख जेम्स सेर्भेराले बन्दुकधारीले प्रहरीमाथि पनि गोली चलाएपछि जवाफी प्रहारमा आक्रमणकारी मारिएको बताए।

सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन।  भर्जिनियाबीच म्युनिसिपल सेन्टरमा स्थानीय समय अनुसार शुक्रबार चार बजेपछि गोली चलेको बताइएको छ। अधिकारीहरूले मारिएकाहरूको अहिलेसम्म पहिचान सार्वजनिक गरेको छैन।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गरेका छन् । मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् ।

ट्रम्पले ट्वीट गर्दै आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी दिए । अवैध आप्रवासीको प्रवेश पूर्णरुपले बन्द नभएसम्म करबृद्धिको क्रम विस्तारै बढाउँदै लैजाने ट्रम्पको योजना छ ।

उता, मेक्सिकोले भने अमेरिकी कदमको विरोध गरेको छ । ट्रम्पको घोषणा कार्यान्वयनमा आए मेक्सिकोले पनि उचित जवाफ दिने प्रतिक्रिया उत्तर अमेरिकाका लागि मेक्सिकोका एक जना वरिष्ठ कूटनितिज्ञ जिसस सियादेले दिएका छन् ।

मेक्सिकोसँगको सिमामा पर्खाल लगाउने योजनामा रहेका ट्रम्पले आप्रवासी र वैदेशिक व्यापारको सवालमा सधैं कडा नीति लिँदै आएका छन् । यस्तै जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ।

यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाइका छन् । ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट सुरुवात गरिने विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।

सन् २०२० मा जापानमा ओलम्पिक खेलकुद हुदैछ । त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने छ ।

जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ । जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरि सकिएको छ । यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रवर्द्धन गर्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया