आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घट्टेकुलो र चन्द्रागिरी विस्फोटका दुई घाइतेलाई उपचार गर्दागर्दै प्रहरीले गर्यो गिरफ्तार

प्रकाशित
1.2K
SHARES
??????????????????????????????????????????????????????????

काठमाडौँ । विस्फोटमा परी घाइते भएका दुई जनालाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको छ । काठमाडौँको घट्टेकुलो र चन्द्रागिरीमा भएका विस्फोटका घाइते दुई जनालाई प्रहरीले मंगलबार गिरफ्तार गरेको परिवारले जानकारी दिएका हुन् ।

घट्टेकुलो विस्फोटमा परी घाइते भएका रविन केसी र चन्द्रागिरी विस्फोटका घाइते बुद्ध लामालाई प्रहरीले उपचार गर्दागर्दै गिरफ्तार गरेको छ । आफन्तका अनुसार केसीलाई विस्फोटमा परी ज्यान गुमाउने प्रज्वल शाहीले भेट्न बोलाएको बेला विस्फोटमा परी घाइते भएका थिए ।

“प्रज्वल मेरो मिल्ने साथी हो, मलाई भेट्न अनामनगर बोलाउनुभयो, म पुगेर हात मिलाउन नपाउँदै ठूलो अवाजमा विस्फोटको आवाज आयो, अरु के भयो मलाई केही पनि थाहा छैन” केसीले भनेको अस्पताल पुगेका एक आफन्तले बताए । नेकपा निकट अखिल क्रान्तिकारीको कार्यकर्ता भएको तर आफूलाई विस्फोटमा अरु केही जानकारी नभएको केसीले बताएका छन् ।

त्यसैगरी चन्द्रागिरीको थानकोट नजिकै भएको अर्को विस्फोटका घाइते लामाले आफू मोटरसाइकलमा गइरहेको बेला विस्फोट हुँदा घाइते भएको बताएका छन् । अस्पताल पुगेका आफन्तसँग लामाले बम विस्फोटमा आफू संलग्न भएको बताएका छन् ।

लामाले आफू आफन्तलाई भेट्न गइरहेको बेला विस्फोटमा परेको बताए । “म आफन्तलाई भेट्न गइरहेको थिए । म बाटोमा हिडिरहेको बेला नजिकै विस्फोट भयो” लामाको भनाई उदृत गर्दै आफन्तले भने ।

दुबै जनालाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेपछि परिवारले आपत्ति जनाएका छन् । उनीहरुले सरकारले उपचार भइरहेका घाइतेलाई गिरफ्तार गरेर सामान्य मानवीय संवेदना समेत गुमाएको आरोप लगाएका छन् । युद्धका घाइतेलाई समेत उपचार गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ तर सरकारले दुर्घटनामा परेका घाइतेको समेत उपचार हुन नदिएको आफन्तले बताएका छन् ।

प्रहरी अधिकारीका अनुसार हत्या ‘बलि’ का लागि भएको हुन सक्ने तथ्य भेटियो
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन् ।

बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो ।अ नुसन्धान बलितिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार आर्यन हत्याको अनुसन्धान धेरै कोणबाट भइरहेको छ । ‘शवको अवस्था, घटनास्थलको प्रकृति र पक्राउ परेकाको बयानले बालकलाई बलि दिइएको हुन सक्ने भन्ने कोणबाट पनि अनुसन्धान थालिएको छ,’ एसपी खनालले भने, ‘हत्याको ठयाक्कै कारण के हो भन्ने दुई–चार दिनमा प्रस्ट हुन्छ ।’

प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको छ । साहका छिमेकी धामी शत्रुघन महतोलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानले नयाँ मोड लिएको हो । मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् ।

हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् । शत्रुघनको गिरफ्तारीपछि जंगवीर फरार छन् । शत्रुघनलाई बालक बलि दिन जंगवीरले उक्साएको प्रहरीको आशंका छ । साला पक्राउ परेपछि फरार भिनाजु शंकाको घेरामा परेका छन् ।

शत्रुघनले नै आफ्नो धामी विद्या सिद्धिका लागि गुरुको बहकाउमा बालकको बलि चढाएको दाबी प्रहरी स्रोतको छ । ‘बालकको बलि चढाउनकै लागि हत्या गरिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने ।

फरार रहेका धामी जंगवीरको भजनमण्डली पनि छ । उनको मण्डलीमा दुई वर्षअघि शत्रुघन नयाँ सदस्यका रूपमा थपिएका हुन् । सालो नै भएपछि जंगवीरले शत्रुघनलाई धामीको काम पनि सिकाए । झारफुक र टुनामुनाको मन्त्र पाएपछि शत्रुघनले सामान्य बिरामी पर्दा छरछिमेकका बच्चाको उपचार गर्न थाले ।

बालक आर्यनलाई पनि ज्वरो आउँदा शत्रुघनले नै झारफुक गर्थे । छिमेकमै रहेकाले आर्यन वैशाख २३ को अपराह्न उनीसित सजिलै गए । प्रहरी स्रोतका अनुसार आर्यनलाई ‘चकलेट दिन्छु’ भनेर लोभ्याएर घर लगेका शत्रुघनले त्यो बीचको समय भैंसी दुहेर नजिकै रहेको बजारमा पुर्‍याए ।

किराना पसलबाट २५ रुपैयाँको चकलेट किनेर ल्याए । ‘शत्रुघनले बजारमा दूध बेचेको र किराना पसलबाट चकलेट किनेको दुवै पुष्टि हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘बालकलाई बलि चढाइएको ठाउँबारे भने उसको फरक–फरक भनाइ छ । हामी त्यसैमा अल्झिएका छौं ।’ प्रहरीले जंगवीर भजनमण्डलीका दुई जनालाई जमुनिवासबाट पक्राउ गरेको छ ।

बालक आर्यनको हत्या हुनु चार दिनअघि नै शत्रुघनका परिवारका अरू सदस्य उपचारका लागि काठमाडौंमा थिए । प्रहरी स्रोतका अनुसार शत्रुघनले घर सुनसान भएका बेला आर्यनलाई फकाएर ल्याए । ‘कहिले घरकै आँगनमा बलि चढाएको त कहिले नजिककै आँपबगैंचा भनेर शत्रुघनले घटनास्थल ढाँटिरहेका छन्,’ स्रोतले भन्यो, ‘बालकको बलि कहाँ चढाएको र त्यो वारदातमा ऊ एक्लै थियो कि अरू पनि, हामी त्यही खोजिरहेका छौं ।’

वैदेशिक रोजगारीमा दुई वर्षदेखि आर्यनका बाबु शम्भु मलेसियामा थिए । छोराको हत्याको घटनाको १२ औं दिनमा मात्र उनी ढल्केवर आइपुगे । आर्यन घरमा आमासँग बस्थे । दुई वर्षअघि छिमेकी दिनेश महतोका जेठा छोराले आर्यनकी दिदीलाई जबर्जस्ती गर्न खोजे ।

त्यो मुद्दामामिला अदालतसम्म पुग्यो । आर्यनको हत्यालगत्तै प्रहरीले दिनेशको परिवारकै संलग्नताको आशंका गर्दै अनुसन्धान बढाए । दिनेशसँगै उनकी श्रीमती र छोरालाई प्रहरीले नियन्त्रणमा लियो ।

पुरानो रिसइबी साध्न आर्यनको हत्यामा दिनेशको परिवारको हात हुन सक्ने शंकालाई बल पुर्‍याउने प्रमाण नदेखिएपछि प्रहरीको अनुसन्धान टोलीले मलेसियामा रहेका शम्भुसँग कुरा गरेको थियो । कसैसित भएको झैंझगडा वा लेनदेनको निहुँमा नेपाल आएर आर्यनको हत्या गरेको हुन सक्ने अनुमान गर्दै अनुसन्धानलाई त्यतातिर पनि मोडियो ।

‘यी सबै कोणबाट आर्यनको हत्याको पाटो पहिल्यायौं,’ अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘अनुसन्धानको घेरा फराकिलो बनाउँदा झस्काउने तथ्य भेटियो । आर्यनको बलिकै लागि हत्या गरिएको भन्नेतर्फ सबुत प्रमाण र घटनाक्रमको इसारा छ ।’

बालक आर्यनले हातमा लगाएको चाँदीको बाला र माला नभेटिएकाले प्रहरी अनुसन्धानलाई अझै गोप्य राख्न खोजेको छ । बलि नै दिएको अभियुक्त शत्रुघनले बयानमा स्विकारेको कुरा आर्यनका परिवारलाई पनि प्रहरीले बताइसकेको छ ।

प्रतिक्रिया