आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई भारत बोलाएर मोदीले सिमानामै रोके इन्धन बोकेर नेपाल आउँदै गरेका ट्यांकर

प्रकाशित
2.2K
SHARES

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनको शपथग्रहण समारोहमा सहभागी हुनका लागि बिमस्टेक मुलुकका अतिथिलाई निम्तो गरिएको छ ।

पहिलो कार्यकालमा मोदीले सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेका थिए । यसपटक भने उनले बिमस्टेक राष्ट्रको दायराभित्रबाट अतिथि बोलाउँदैछन् । बिमस्टेक राष्ट्रको सदस्यमा सार्क राष्ट्रका तीन सदस्य मुलुक समावेश छैनन् । सार्क राष्ट्रका सदस्य पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य ५ मुलुक बिमस्टेकमा सदस्य छन् ।

बिमस्टेकमा भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् । मोदीको शपथग्रहणमा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिमस्टेक मुलुकका सरकार प्रमुखलाई निम्तो पठाइसकेको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पाकिस्तानसँग भारतको सम्बन्ध चिसिएका कारण मोदीले शपथग्रहण समारोहमा सार्कको दायराबाट नभइ बिमस्टेक मुलुकका अतिथिलाई निमन्त्रणा गरेका हुन् । मोदीले निमन्त्रणा गरे पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने मोदीको शपथग्रहण समारोहमा पस्थित हुन नसक्ने भएकी छन् ।

उनी विदेश यात्रामा रहने भएकाले उपस्थित हुन नसक्ने जनाइएको छ । उनी मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा पनि उपस्थित भएकी थिइनन् । मोदीलाई प्रधानमन्त्री ओलीलाई भारत आउँन निम्तो पठाएर सिमानामा भने इन्धन बोकेर नेपाल आउदै गरेका ट्यांकरलाई रोकेका छन् ।

भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्यांकरलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्यांकरलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए ।

उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । यही कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द भएका छन् ।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उनले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको बताए ।

सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्यांकरलाई रोकिराखेको छ ।

कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्यांकर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको पौडेलले बताए ।

प्रतिक्रिया