आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या दश पुग्यो

प्रकाशित
0.9K
SHARES

काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या दश पुगेको छ । पछिल्लो पटक बेलायती नागरिक ४४ वर्षीय रोबिन ह्यानेस फिसरको मृत्यु भएको हो ।

शनिवार उनको मृत्यु भएसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुने आरोहीको संख्या दश पुगेको छ । चुचुरोमा पुगेर फर्कने क्रममा उनी आठ हजार ७०० मिटरमा आइपुग्दा बेहोश भएको बताइएको छ ।

१५० मिटर तल खसेका उनलाई उद्धार गर्न कोशिश गरिएपनि उद्दार पहिले नै उनको मृत्यु भएको काठमाडौँस्थित एभरेस्ट परिवार एक्स्पिडिसनले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

शुक्रबार मात्रै आयरल्याण्डका केभिन ह्याइनेस र नेपाली गाइड धुब्र विष्टको मृत्यु भएको थियो । यसपटक ३८१ आरोहीले सगरमाथा आरोहणको लागि स्वीकृति लिएका थिए ।

केही दिनअघि मात्रै सगरमाथाको चुचुरोमा पुग्न आरोहीहरू लाइनमा बसेको फोटो समाचार संस्था एफपीले सार्वजनिक गरेको थियो । योसँगै सगरमाथामा बढेको ‘ट्राफिक जाम’ बारेमा सर्वत्र चर्चा र बहश भएको थियो । यस्तै, सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा फेला परेको छ ।

धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान खुलेको छैन । शव अहिले सर्लाही अस्पताल मलङ्गवाको शवगृहमा राखिएको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रदीपसिंह राठोरले जानकारी दिए ।

त्यस्तै दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका-३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

बंगाबगड-दल्लेख सडक छेउमा पसल गरेर बस्दै आएका महरा दम्पती तथा नातिमाथि नै अज्ञात समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

द्रोपतीका श्रीमान् अन्दाजी ७५ वर्षीय वीरभान र नाति लोकेश महरा घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले बताए । ‘तालिम प्राप्त कुकुर मगाइएको छ, घटनाको थप जानकारी अनुसन्धानपछि आउछ,’ उनले भने । कुकुर ल्याएर अनुसन्धान गरेपछि मात्रै द्रोपतीको दाहासंस्कार गरिने छ ।

प्रतिक्रिया