आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने विषयमा माधवकुमार नेपालले मुख खोले

प्रकाशित
0.9K
SHARES

बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयककाबारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

प्रेस संगठनले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने–‘विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन । विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस् । यसलाई सबैले अपनत्व महसुुस गर्नेगरी अघि बढाउनुपर्छ ।’

उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । ‘प्रेस स्वतन्त्र हुनुपर्छ । कहीँ–कतैबाट प्रेसमाथि अंकुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ’–वरिष्ठ नेता नेपालले भने–‘सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका काम–कारबाहीमा अझ लोकप्रियता बढ्छ ।’

यस्तै, उनले ‘विप्लव’ नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पस्ट पारे । उनले भने–‘जनताकाबीचमा राम्रो काम गर्नोस्, जनतामा चेनता जगाउनोस् । तर, हतियार देखाएर जनतालाई तर्साउने काम नगर्नोस् ।’

एउटा कम्युनिस्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारकाविरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिस्ट पार्टी हुनै नसक्ने उनले दाबी गरे ।

एक अर्को प्रसंगमा उनले तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न बजेटकाबारेमा विस्तृत् छलफल गरेर जनताले नयाँ कुराको अनुभूति गर्नेगरी सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए । परम्परागत ढंगले बजेट ल्याइए त्यसले जनआकांक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने उनको भनाइ थियो ।

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । कांग्रेस काठमाडौ क्षेत्र नं–४ ले आज काठमाडौंमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए ।

कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने भन्दै नेता खाँणले प्रेस माथिको हस्तक्षेप अस्वीकार्य हुने बताए । कार्यक्रममा कांग्रेस नेता गगन थापाले कांग्रेसले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध जागरण अभियान सञ्चालन गरेको भन्दै सडक र सदनबाट खवरदारी गर्ने बताए । कार्यक्रममा विभिन्न कलाकारहरुले चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया