आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली संघियता बिफल पार्न सक्रिय – प्रदिप पौडेल

प्रकाशित
1.6K
SHARES

भक्तपुर । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारका प्रधानमन्त्री संघियता बिफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले प्रदेश र स्थानीय सरकारलाई संबिधान बिपरित गएर केन्द्रीय सरकारको इकाइ हो भन्नुले संघियता बिरोधको आक्रोश प्रष्ट पारेकोे बताए ।

पौडेलले बिगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै बिगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता पाउन नसकेको बताए । उनले सिंहदरवारको अधिकार गाउँ गाउँमा नभएर सिंहदरवारनै गाउँमा पुगेको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारले प्रमाणीत गरिदिएको बताए ।

उनले वर्तमान सरकारका प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघियता र लोकतन्त्र माथि नै खतरा देखा परेकोे बताए । लोकतन्त्रमा प्रेसमाथि अंकुस लगाउन गलत रहेको भन्दै उनले पञ्चायतकै शैलिमा आफ्नो गुणगान गाउनेका लागि छुट र बिरोधमा जानेलाई जरिवाना र जेल सजाएको प्रवाधान ल्याउन खोज्नुले सरकार लोकतन्त्र बिरोधी रहेको बताए ।

सरकारले बिभिन्न शक्तिशाली निकाय प्रधानमन्त्रीको मातहतमा ल्याउन खोज्नु गलत अभ्यास भएको र यसले वर्तमान सरकारका प्रधानमन्त्रीको शक्ति सञ्चयको मोह स्पष्ट देखा परेको बताए ।

वर्तमान नेकपा सरकारले चुनावमा घोषणा गरेको घोषणपत्रको धज्जी आफैले उडाइरहेको समयमा प्रधानमन्त्रीको भाषण र ब्यवहारमा कुनै तालमेल नपाएको र हाल सम्म कुनै बिकासका गतिबिधि नहुनु र पुरानै कामलाई निरन्तरता दिनुले प्रष्टाएको उनले बताए ।

वर्तमान सरकारका अर्थमन्त्रीले राजस्व अनुसन्धान प्रधानमन्त्रीको मातहतमा आएपछि आर्थिक सुधार आएको भन्नु लज्जाको बिषय रहेको भन्दै अर्थमन्त्रीले आफ्नो मन्त्रालयको सामान्य काम समेत गर्न नसक्ने भए अर्थ मन्त्रालयको कुनै औचित्य नरहेको उनले जिकिर गरे ।

प्रजातान्त्रिक पार्टीमा बिचारको गुट सामान्य रहेता पनि काँग्रेसका पार्टी सभापति नै आफै अस्वस्थ गुट निर्माणमा लाग्नु भएकै कारण नयाँ संरचना अनुसार पार्टीको संरचनाले पूर्णता पाउन नसकेको उनले प्रष्टाए ।

उनले वर्तमान सरकारले आफ्ना गलत कार्यको ढाकछोप गर्न काँग्रेसले राजा फिर्ता ल्याउन चाहेको र संघियतालाई फेल पार्न लागेको आरोपलाई जनता समक्ष स्पष्ट पार्न समेत जनजागरण अभियान चलाएको बताए ।

पौडेलले वर्तमान सरकार संबिधान भन्दा पनि सरकार आफ्ना पात्रहरुलाई कसरी मजबुद पार्न सकिन्छ भन्दै संबिधानको खिल्ली उडाइरहेका बेला नेपाली काँग्रेस ब्यक्तिलाई नभएर संबिधानको सफल कार्यान्वयनका लागि लडिरहेको बताए । भारतमा भएको निर्वाचन मतपरिणाम पश्चात नेपालको राजनीतिमा सकारात्मक प्रभाव देखिन सक्ने उनले बताए ।

प्रतिक्रिया