आज : गते

ताजा शिर्षकहरु

एकाबिहानै बस र ट्रक एकआपसमा ठोक्किँदा सिरहा ठुलो दुर्घटना

प्रकाशित
1.3K
SHARES

सिरहा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये ८–१० जना गम्भीर रहेका छन् ।

एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ। त्यस्तै गुल्मीमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर नेटा घर भएकी १९ बर्षकी बिनिता रसाइलीको मृत्यु भएको वडा नं ६ का वडाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए । करेन्ट लागेर मालिका गाउँपालिका ६ अर्जेकी जुना बिश्वकर्मा घाइते भएकी छन् । रसाइली र बिश्वकर्मा अर्जेमा चलेको कक्षा ११ को परिक्षा दिएर बिहीबार साँझ नेटा घर तर्फ जाँदै गरेका थिए ।

घरमा जाँदै गरेका २ जना युवती छापहिलेमा बाटोमा बिजुलीको पोलमा बाटो भन्दा २ मिटर परबाट तानेर पोलमा टाँस्सिएको अवस्थामा फेला परेको गिरीले बताए । घाइते विश्वकर्मालाई थप उपचारको लागि गुल्मी अस्पताल ल्याइदै रहेको वडाअध्यक्ष गिरीले बताए । घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

त्यस्तै गुल्मीको कालिगण्डकी खोला किनारमा बेवारिसे सव फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ कालिगण्डकी खोला किनारमा एक जना महिलाको बेवारिसे सव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्र खड्काले बताए । बेवारिसे अबस्थामा फेला परेको अन्दाजी ३० वर्षकी महिलाको रहेको प्रहरीले जनाएको छ ।

यसैबीच गएको सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सामूहिक हत्या गरिएकाहरुको बिहीबार दाहसंस्कार गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेपछि शव परिवारलाई बुझाइएको थियो ।

धनराज सेर्माको परिवारको मिक्लाजुङ–२, बतासेमा दाहसंस्कार गरिएको र बमबहादुर फियाकको परिवारको आरुबोटेमा दाहसंस्कार गरिएको हो । दाहसंस्कारका लागि मिक्लाजुङ गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

सोमबार राति ९ जनाको सामूहिक हत्या भएको थियो । धनराज सेर्माको पाँचजनाको परिवार र बमकुमार फियाक परिवारका चारजनाको हत्या गरिएको थियो ।

प्रतिक्रिया