आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाबिहानै बैतडीबाट आयो दुखद खबर, फेरी एकै घरका ३ जनको मृत्यु

प्रकाशित
2K
SHARES

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिकामा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ बर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए । राती खाना खाएर टहरामा सुतेका उनीहरुको चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राती करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ ।

मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ ।

यसैबीच उता कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ का चिरञ्जीवी आचार्यको हत्या उनकै साथीहरूले गरेको खुलेको छ। आचार्यको शव दुई दिनअघि रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो।

होटलमा सँगै बसेर मदिरा खाएका बेला मोबाइल हराएको विषयमा भएको सामान्य विवादले २७ वर्षीय आचार्यको ज्यान गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक साताअघि चितवनबाट वाणगंगास्थित घर आएका आचार्य तिनै साथीहरूसँग भेटेपछि घर पुगेका थिएनन्।

साथीहरू सँगै बस्ने, मादक पदार्थ तथा लागुऔषध समेत सेवन गर्ने गरेका उनीहरूले ६ गते साँझ वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा सेवन गरेका थिए।

आचार्यसँगै रमेश विक, राजु विक, गोपाल खनाल र राजु खत्रीसँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसै क्रममा आचार्यले ‘मेरो मोबाइल हरायो तिमीहरूले चोरेको हो?’ भनेर सोधेपछि विवाद सुरू भइ कुटाकुट समेत भएको थियो।

आफूहरूलाई चोर दोष लगाएपछि मार्ने योजना बनाएको उनका साथीहरूले स्वीकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए।

आचार्यसँग १३ हजार रुपैयाँ साथमा रहेको थाहा पाएका उनीहरूमध्ये रमेश विक र राजु विकले विवाद केही मत्थर भएपछि आचार्यसँगै मोटरसाइकलमा चढेर सालझण्डी आएको र जंगलमा लगी ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्यापछि उनीहरूले आचार्यको मोटरसाइकल वाणगंगा १ स्थित खयरखानी जंगलमा लगेर फालेको प्रहरीले जनाएको छ। मृतकको शव फेला पारेको २४ घण्टा नबित्दै प्रहरीले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भएको छ।

पक्राउ परेकामध्ये राजु र रमेशले मोटरसाइकलमा ल्याएर ढुंगाले हान्ने र जंगलमा फाल्ने काममा संलग्न भएको तथा गोपाल र बसन्तले प्राप्त सूचना लुकाउन सहयोग गरेको अभियोग प्रहरीले लगाएको छ।

प्रतिक्रिया