आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मिडिया काउन्सिल विधेयक बिरुद्ध धर्नामा बसेका पत्रकारहरु डाको छोडेर यसरी रोए, भिडियसहित

प्रकाशित
1.5K
SHARES

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारको रुवाबासी चलेको छ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक फिर्ता गर्नुपर्ने आन्दोलनका कार्यक्रम अनुसार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रुदै धर्ना दिएका हुन ।

नेपाल प्रेस युनियनको आयोजनामा धर्नामा बसेका पत्रकाहरुले सरकारले ल्याएको बिधेयक फिर्ता गर्न माग समेत गरेको छ । जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिँदै पत्रकारहरु डाको छाडेर रोएका थिए ।

खासमा पत्रकारहरु सचिक्कै रोएका भने होइनन् । मिडिया काउन्सिल विधेयकले आम पत्रकारहरुलाई पार्ने मर्का र सरकारले मिडियालाई गर्न खोजेको नियन्त्रणले मिडियाकर्मीलाई पार्ने असरबारे महसुस गराउन आफूहरुले यस्तो अन्दोलनको तरिका अपनाएको उनीहरुले बताएका छन ।

धर्नापछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष बिक्रम लुईटेलले मिडिया काउन्सिल सम्बन्धि विधेयकमा ल्याईएको जरिवाना सम्बन्धि ब्यवस्था नै गलत भएको बताए । यनले कुन कसुरमा कस्तो दण्ड भन्ने स्पष्ट ब्यवस्था नभएको बताए ।

कार्यक्रममा प्रेस युनियनका जिल्ला सचिव कुमार लुईटेलले धर्ना कार्यक्रमको बारेमा धारणा राखेका थिए । पत्रकारहरुले ११ बजे पछि जिल्ला प्रशासन कार्यालयमा रुँदै धर्ना दिएका थिए ।

त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले बिधेयक पत्रकारलाई नियमन गर्नुभन्दा पनि नियन्त्रणमुखी भएर आएको आरोप लगाए । उनले पत्रकारलाई थुन्नु नै पर्छ भन्ने उदेश्यबाट अभिप्रेरित भएर मिडिया काउन्सिल सम्बन्धि बिधेयक आएकोले तत्काल यो बिधेयक फिर्ता गर्न माग गरे ।

यसैबीच मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।

महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।

जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।

त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासचिव रमेश विष्टले जानकारी दिए ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया