आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गोरखामा अब मासु खान नपाउने, खानेलाई ५० हजार जरीवाना, यस्तो छ कारण

प्रकाशित
1.5K
SHARES

काठमाडौँ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्ने अन्नपूर्णमा समाचार छ ।

‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ’, उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै–हुँदैन । छिमेकी वडाले पनि यसको देखासिकी गरून् भनेर पत्राचार गरेका हौं । यो नियमको गाउँपालिकाभरि प्रशंसा भएको छ ।’

चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो ।

पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकिछिपी काटमार र मासुको व्यापार, व्यवसाय गर्न थालेपछि नियम बनाउनुपरेको नाम्रुङका लाक्पाडुन्डुप लामाले बताए । ती गाउँमा एकाध इसाईबाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।

उक्त क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाएको छ । आयोजनाले सातवटै वडामा चोरी सिकारी निरुत्साहित गर्ने कार्यक्रम गर्दै आएको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । उनका अनुसार अहिंसा अभियानलाई राष्ट्रियस्तरमै प्रचारप्रसार गर्न सहयोग गर्ने कार्यक्रम छ ।

यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन् । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए । ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो ।’

अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । महिनादिनअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ । त्यस्तै, स्थानीय काउली कालिमाटी बजारमै ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ । एक महिनाअघि यसको मूल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ ।

उपत्यकाको बजारलाई नैकाप, थानकोट, रामकोट, मुलपानी, छम्पीलगायतका क्षेत्रमा टनेल बनाएर गरिने गोलभेडाले माग धान्दै आएको छ । तर, यसपटक यी क्षेत्रमा असिनापानीका कारण उत्पादन घटेको छ । भारतबाट हुने गोलभेडा आयात ३० प्रतिशतले घटेको छ । यतिबेला पाँचखालबाट थोरै गोलभेडा कालीमाटी आइरहेको छ । व्यवसायीका अनुसार टनेलमा लगाएको गोलभेडा बजार आइपुग्न करिब एक महिना लाग्न सक्छ । ‘प्रत्येक भान्सामा पाक्ने गोलभेडा मागअनुसार नपाएपछि बजार भाउ बढेको हो । तर, अहिले विस्तारै आपूर्ति बढ्न थालेकाले भाउ पनि घट्न थालेको छ,’ व्यवसायी घिमिरेले भने ।

प्रतिक्रिया