आज : गते

ताजा शिर्षकहरु

सांसदसहितको टोली नरैनापुरमा ४ घण्टा बन्धक, मध्यराति दर्जनौ राउन्ड गोली चल्यो

प्रकाशित
1.7K
SHARES

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार राति ६५ राउण्ड हवाइ फायर भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार नरैनापुर–४ को हाटबजारमा कपडा बेच्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्मालाई प्रहरीले साँझ ५ बजे पाँच किलो चरेशसहित पक्राउ गरेको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

विकको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले राति ९ बजेसम्म ६५ राउण्ड हवाइ फायर गरेको डीएसपी सापकोटाले बताए। झडपका क्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका एक जवान घाइते भएका थिए।

आफ्नो निर्वाचन क्षेत्रको स्थलगत निरीक्षण गरेर नेपालगन्ज फर्कँदै गरेकी बाँकेको क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित प्रदेश ५ की सांसद कृष्णा केसी ‘नमूना’सहित पत्रकारको टोलीलाई पनि ६ बजेतिर स्थानीयले ४ घण्टा घेराबन्दी गरेका थिए। सांसद केसी चढेको गाडीको हावा खोलिदिएका थिए।

इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा धर्नामा बसेका स्थानीय। नेपालगन्जबाट राति १० बजेतिर थप प्रहरी परिचालन गरी शनिबार सांसद र पत्रकार टोलीलाई बिहान २ बजे नेपालगन्ज ल्याइएको थियो। चरेशसहित पक्राउ गरिएका बिकलाई पनि नेपालगन्जमा ल्याएर कानुनी कारबाही सुरु गरिएको बाँके प्रहरीले जनाएको छ।

सांसद केसीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आफ्नै निर्वाचन क्षेत्रमा बन्धक बन्नु पर्दा जिल्लाको सुरक्षा अवस्था कमजोर भएको बताइन्। उनले भनिन्, ‘सीमावर्ती क्षेत्रमा स्थानीयको सुरक्षा अवस्था निकै नाजुक छ। यसलाई सुधार गर्न जरुरी छ।’

गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए । यसैबीच नेकपा बाँकेले सांसदमाथि भएको दुर्व्यवहारको घटनाको भत्र्सना गरेको छ। पार्टी सचिव अशोक कोइरालाले घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छन्।

अहिले नरैनापुरको स्थिति सामान्य बनिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसअघि बिहिबार पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट भएको थियो ।

इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आएर बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहसँग बाटो बारे सोधपुछ गरेका थिए । तर उनले गलत बाटो देखाए ।

तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए ।

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार गरेपछि इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताए ।

सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए ।

भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् । भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारसँग टेलिफोन सम्पर्क गर्दा उनले दोषीहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको बताए ।

घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया