आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शान्तिबाटिकाबाट गिरफ्तार नेता कार्यकर्तालाई रिहा गर्न क्रान्तिकारीको माग

प्रकाशित
1.7K
SHARES

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले शान्तिबाटिकाबाट गिरफ्तार नेता कार्यकर्तालाई रिहाइ गर्न माग गरेकाे छ ।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रमबाट पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइ गर्न माग गरेका छन् ।

साथै आफ्ना नेता कार्यकर्ता तत्काल रिहाइ नगरे कडा संघर्षमा जाने भट्टराइले चेतावनी दिएका छन् । लोकतन्त्रका आधारभुत मुल्य मान्यतालाई लत्याउदै सरकार अघी बढीरहेको आरोप लगाउदै उपाध्यक्ष भट्टराइले ‘फाँसीवादी’ सरकारका हरेक कदमको प्रतिवाद गर्न आफुहरु तयार रहेको उल्लेख गरेका छन् ।

अखिल (क्रान्तिकारी) लगायत ११ बिद्यार्थी संगठनले बुधवार काठमाडौंमा ५५ औं बिद्यार्थी एकता दिवसको अवसरमा सरकारको बिरुद्धमा प्रदर्शन सहित शान्तिबाटिकमा एक कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सह्भागी अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रेम शाही, मदन चन्द, मुगू जिल्ला अध्यक्ष नरश्वर वुमिलाई पक्राउ गरेको थियो ।

संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकाल, सचिवालय सदस्य पुस्पराज न्यौपाने लगायत देशैभरी दर्जनौ नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी प्रहरी हिरासतमा राखिएको संगठनका नेता मुकुन्द श्रेष्ठले जानकरी दिएका छन् ।

क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाललाई प्रहरीले काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमबाट गिरफ्तार गरेको हो ।

गत बैसाख २७ गते शुक्रबार युनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रम थियो । सोहि कार्यक्रममा सहभागी हुन् पुगेक्ला ढकाललाई १ भ्यान प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ । ढकाललाई बिहिबार प्रहरीले थप अनुसन्धानका लागि भन्दै २ दिन म्याद थप गरेको छ ।

पछिल्लोसमय नेकपामाथि सरकारले व्यापक दमन गरिराखेको छ । प्रतिबन्धपश्चात मात्रै ४ सय नेता कार्यकर्तालाई देशका बिभिन्न ठाउँबाट गिरफ्तार गरिसकेको प्रहरीले जनाएको छ । केहि दिनअघि मात्रै प्रहरीले नेकपा पोलिटब्युरो सदस्य भरत बमलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

त्यसअघि स्थायी समिति सदस्य हेमन्त ओलीलगायतका नेताहरु पनि जेलमा छन् ।

प्रतिक्रिया