आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा नेता भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट दायर

प्रकाशित
1.5K
SHARES

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट परेको छ । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

नेता बमसहित दुई जनालाई गत बुधबार बाँके प्रहरीले गिरफ्तार गरेको थियो । उनको रिट माथिको छलफलका लागि दुबै पक्षलाई मंगलबार सर्वोच्वमा बोलाइएको छ । नेपाल सरकार, गृह मन्त्रालय समेतलाई विपक्षी बनाएको रिटमा मंगलबार विहान १० बजेका लागि पेशी तोकेको छ ।

बुधबार बाँकेको जानकी गाउँपालिका–६ गहनापुरबाट बमसँगै युवा नेता सत्यबहादुर शाहीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ । रिट हाल्ने पत्रकार क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् भने मोटिभेट न्युज डटकमका अध्यक्ष हुन ।

रणवीर नेकपाका पश्चिम कमाण्डका प्रभावशाली नेता हुन् । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ तिव्र पारेको थियो । यसअघि अपराध महाशाखाको टोलीले नेकपाका मध्य कमान्डर तथा पोलिटब्युरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’ लाई काभ्रेबाट पक्राउ गरेको थियो ।

त्यसअघि नेकपाका अर्का पोलिटब्युरो सदस्य जीवन्त र केन्द्रीय सदस्य बन्दु चन्द, अशल खड्का लगायतका नेतालाई समेत गिरफ्तार गरेर हिरासतमा राखेको छ । प्रहरीले अहिलेसम्म नेकपाका ४ सय बढी नेता कार्यकर्तालाई समातिसकेको छ ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको २ महिना पुग्दैछ । नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई अहिले पनि ओली सरकारले गिरफ्तार गर्न, यातना दिन र गाउँगाउँमा सर्च गर्न छाडेको छैन ।

नेकपामाथिको प्रतिबन्ध र धरपकडको भने चौतार्फिरुपमा बिरोध भइरहेको छ । केहिदिन अघि मात्रै सरकारले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध, नागरिकता, भ्रष्टाचार र हत्यालाई लिएर पाँच पार्टीले संयुक्त वक्तव्य निकाली आन्दोलनको घोषणा गरेका छन् ।

प्रतिक्रिया