आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुपन्देही लन टेनिस संघमा विवाद, अधिवेशन समेत स्थगित

प्रकाशित
1.3K
SHARES

बुटवल । रुपन्देही लन टेनिस संघ चार वर्षदेखि तदर्थ समितिमै सीमित बनेको छ। विधान अनुसार तीन–तीन वर्षमा अधिवेशन गर्नुपर्ने भए पनि रुपन्देही संघ चार वर्षदेखि तदर्थ समितिमै रहेको हो। अधिवेशन आह्वान भए पनि विवादले रोकिएको छ।

संघका अधिकांश सदस्यले अधिवेशन आह्वान गर्न बारम्बार आग्रह गरेपछि अध्यक्ष आशोक गुरुङले अधिवेशन आह्वान गरेका थिए। संघमा १५ सदस्य छन्। जसमध्ये पदाधिकारीसहित १२ जनाले अधिवेशन गर्न माग गरेका थिए।

वैशाख १६ अधिवेशन आह्वान भए पनि हिसाब मिलान र सदस्यता विवादले स्थगित भएको छ। अध्यक्ष गुरुङ आफू अल्पमतमा परेपछि लन टेनिस कोर्ट आसपासका स्थानीयलाई सदस्यता दिने पक्षमा थिए। तर, अधिवेशनकै दिन सदस्यता विस्तार गर्न नहुने भन्दै अन्य सदस्यले आपत्ति जनाएपछि अधिवेशन स्थगित भएको हो।

अधिवेशनको माग गर्दै उपाध्यक्ष मनोजकुमार बस्नेत, सचिव गोपाल ज्ञवाली, कोषाध्यक्ष अर्जुन गुरुङ, सदस्य अब्दुल सहमद मिया, रामबहादुर विक, सञ्जयप्रकाश श्रेष्ठ, अनिल सेञ्चुरी, शेषमणि चौधरी, भिष्म काउचा, सविता विक, सबर मिया र सल्लाहकार दीर्घबहादुर केसीले चैत महिनामा खेलकुद विकास समिति रुपन्देही र नेपाल टेनिस संघमा निवेदन दिएका थिए।

निवेदन दिएपछि चैत २३ मा अधिवेशन मिति तोकिएको थियो। सो मिति अधिवेशन हुन नसकेपछि केन्द्रको आग्रहमा बैशाख १६ गते अधिवेशन आह्वान भएको हो। अधिवेशनका लागि टेनिस संघले खेलकुद विकास समितिलाई प्रतिनिधिका रुपमा पठाएको थियो।

अधिवेशनको उद्घाटन शत्र चलिरहेका बेला अध्यक्ष गुरुङले सदस्यता विस्तार र कोर्ट निर्माणको रकम दिनुपर्ने माग गरेपछि विवाद शुरु भएको हो। आठौं राष्ट्रिय खेलकुदका लागि देविनगरमा दुई वटा कोर्ट निर्माणका लागि ७० लाख बजेट विनियोजन भएको थियो।

अध्यक्ष गुरुङले कोर्ट निर्माणमा आफ्नो व्यक्तिगत रकम खर्च भएको भन्दै करिव १५ लाख संघले जिम्मा लिनुपर्ने बताएका थिए। ‘उपभोक्ता समितिबाट काम गराउदा बढी रकम खर्च भएको छ, सो रकम संघले जिम्मा लिनुपर्छ’, उनले भने।

संघका बाहुल्य सदस्यले सदस्यता विस्तारका लागि पूर्वसूचना हुनुपर्ने बताएका छन्। गुरुङले भने कोर्ट निर्माणमा स्थानीय क्लवको सहयोग रहेकाले उनीहरुलाई समेत सदस्यता दिनुपर्ने बताए। ‘संघ तदर्थ समितिबाट चलेको हो। अधिवेशन गर्ने ख्याल नै नहुदा ढिलाई भयो, उनले भने।

रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले आन्तरिक समस्याले अधिवेशन रोकिएको भन्दै समस्या समाधान गरिने बताए। ‘आन्तरिक समस्याले अधिवेशन रोकिएको हो, छलफल भइराखेको छ। समस्या समाधान हुन्छ, उनले भने।

संघका पदाधिकारी र सदस्यहरुले कोर्ट बनाउन खर्च भएको भनिएको रकमको जिम्मा लिन नसकिने बताएका छन्। कार्यसमिति सदस्य शेषनारायण चौधरीले अध्यक्ष एक्लैले काम गरेकाले त्यसको जिम्मा नसकिने बताए। ‘पहिला हामीलाई जानकारी नै दिनुभएन। अहिले एक करोडजति खर्च भएको छ भनेर हिसाव देखाउनुभएको छ, उनले भने–‘यसको जिम्मा लिन सकिदैन।’

अध्यक्ष गुरुङले हिसावकिताव फाइनल नहुदासम्म अधिवेशन हुन नसक्ने बताएका छन्। ‘कोर्ट निर्माणको हिसाव मिलान गरेपछि अधिवेशन गर्छौ’, उनले भने। समयमा अधिवेशन भएपछि विकास हुदै गरेको लन टेनिसमा निराशा छाएको छ। खेलाडीले संघलाई बलियो बनाउनका लागि विवाद अन्त्य गरी अधिवेशन गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया