आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अज्ञात समुहद्वारा प्रहरी जाँच चौकीमा आक्रमण, प्रहरी भन्छ – ठुलो क्षति भयो

प्रकाशित
1.6K
SHARES

काठमाडौँ । देश तथा देश बहिरबाट बिभिन्न किसिमका बिस्फोट, ठुला – ठुला दुर्घटनाका समाचार, आक्रमण तथा गोली हानाहानजस्ता जघन्य अपराधका समाचार बहिर आइरहेको बेला फेरी उत्तरी जवजवानमा सुरक्षा फौज र सक्रिय इस्लामिक लडाकु समूह तालिबानका लडाकुबीच भयानक भिडन्त भएको छ।

उक्त ठुलो भिडन्तमा परी ३८ जनाको ज्यान गएको त्यहाको प्रहरी स्रोतले जनाएको छ । तालिबान लडाकुले जवजवान प्रान्तको आकचा जिल्लामा रहेको एक सुरक्षा जाँच चौकीमा आक्रमण गर्दा भएको भीडन्तमा अरु दर्जनौं घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

मारिनेमा ३१ तालिबान लडाकु तथा ७ सरकारी सुरक्षाकर्मीको ज्यान गएको बताइएको छ । तालिबानतर्फ मारिनेमध्ये एकजना जवजवान प्रान्तका वरिष्ठ कमाण्डर समेत रहेको बताइएको छ । तालिबानले जवजवानमा आक्रमण गरिएको पुष्टि गरेपनि मानवीय क्षतिबारे कुनै टिप्पणी गरेको छैन

त्यस्तै दक्षिणी लिबियामा आतंकवादी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुको आक्रमणमा तीन जना मारिएका छन् । मरुभूमिको बीचमा रहेको लिबियाको दक्षिणी शहर गदवामा लडाकुले आक्रमण गरी जथाभावी गोली चलाएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शहरमा आक्रमणपछि लडाकुहरु मरुभूमितर्फ भागेका थिए ।

दक्षिणी लिबियाको विशाल भूभाग सैनिक शासक खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाको नियन्त्रणमा रहेपनि हाल लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोली कब्जा गर्नका लागि सैनिक अभियानतर्फ आफ्नो ध्यान केन्द्रित गरेकाले दक्षिण लिबियामा सुरक्षा व्यवस्था निकै कमजोर रहेको बताइन्छ ।

त्यहाँ इस्लामिक स्टेटका लडाकु तथा स्थानीय टेबु जनजातीका लडाकुहरुले बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

उता अस्ट्रेलियामा स्पेलिङ मिस्टेक भएको नोट जारी भएको सार्वजनिक भएको छ । अघिल्लो वर्षको अक्टोबर महिनाबाट प्रचलनमा आएको ५० अष्ट्रेलियन डलर बराबरका दशौं लाख नोटमा स्पेलिङ मिस्टेक भएको भन्ने यतिबेला आएर बल्ला थाहा भएको हो ।

अस्ट्रेलियाले मुलुककै पहिलो महिला सांसद् एडिथ कोवानको सम्मानमा नोट जारी गरेको थियो । ती नोटमा responsibility हुनुपर्नेमा responsibilty लेखिएको पाइएको हो । ५० डलरका ती नोटमा तीन स्थानमा responsibilty शब्दको स्पेलिङ मिस्टेक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत अक्टोबरमा अस्ट्रेलियाको केन्द्रिय बैंक रोयल बैंक अफ अस्ट्रेलियाले ४ करोड ६० लाख भन्दा धेरै नोट जारी गरेको थियो ।
अस्ट्रेलियामा ५० डलरका नोट सबैभन्दा धेरै प्रयोगमा आउने अस्ट्रेलियाको केन्द्रिय बैंकले जनाएको छ ।

स्पेलिङ मिस्टेक भएका नोटमा सन् १९२१ देखि सन् १९२४ सम्म अस्ट्रेलियाको संसद्मा सदस्य रहेकी एडिथ कोवानको पहिलो सम्बोधन छापिएको छ । सोही सम्बोधनमा कोवानले प्रयोग गरेको responsibility स्पेलिङ मिस्टेक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियाको केन्द्रिय बैंकले नोटमा स्पेलिङ मिस्टेक भएकोमा माफी माग्दै आइन्दा यस्तो त्रुटि नदोहोरिने बाचा गरेको छ । यद्यपि बैंकले स्पेलिङ मिस्टेक भएकै कारण ती नोटलाई बजारबाट फिर्ता गर्ने/नगर्नेमा भने केही स्पष्ट पारेको छैन ।

प्रतिक्रिया