आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आर्मीलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

प्रकाशित
1.6K
SHARES

काठमाडौं । ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गर्‍यो ।

पुलिसमा ५ र आर्मीमा ७ जना राष्ट्रिय टिमका खेलाडी थिए । खेल ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माविको मैदानमा भएको हो । उपाधिसँगै पुलिसले नगद तीन लाख ५१ हजार ५०० रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको आर्मीले एक लाख ७६ हजार २५१ रुपैयाँमा चित्त बुझायो ।

जलजले युवा क्लबको आयोजनामा सन्चालित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । यही वैशाख २२ गतेबाट सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । यस्तै इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कवर्ड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ ।

कवर्ड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ ।

सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ । एउटै कक्षमा कराँतेसँगै बक्सिङ, उसु, टि टि, जुडोका खेलाडीलाई प्रशिक्षण दिनुपर्छ । जिल्लामा विद्यालय, दोजो र क्लबमा आबद्ध एक हजार २०० भन्दाबढी कराँते खेलाडी छन् । राष्ट्रिय खेलकूद परिषद्बाट खटाइएका चार स्वयंसेवक र १६ प्रशिक्षकले खुला चौरमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

खेलाडी र प्रशिक्षकले तीन दशकदेखि सुविधासम्पन्न कवर्ड हलको माग गरिरहे पनि अहिलेसम्म पूरा नभएको कराँते प्रशिक्षक प्रदीप शैजुले बताए ।

विसं २०४४ बाट राष्ट्रिय खेलकूद परिषद्को सहयोगमा यहाँ कराँते खेल शुरु भएको थियो । तीस वर्षको अवधिमा यहाँ उत्पादन भएका खेलाडीमध्ये ५० ले राष्ट्रिय र ३० ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान कायम गरेर पदक जितेका छन् ।

एकसय भन्दाबढी स्थानीयस्तर, २८ जिल्लास्तरीय तथा क्षेत्रीय र सात अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमै सम्पन्न भएका थिए । यो वर्ष सम्पन्न भएको नेपाल, भारत, भूटान, बङ्गलादेश र दुबइका गरी ४५० खेलाडी सहभागी रहेको सातौँँ अन्तर्राष्ट्रिय प्रतियोगिता चौरमै गर्नुपरेको कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले बताए ।

प्रतिक्रिया