आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लुम्बिनी भ्रमण वर्ष : उद्घाटन अगावै प्रचारले पायो तीव्रता

प्रकाशित
1.1K
SHARES

नेपालगन्ज । लुम्बिनी भ्रमण वर्षको प्रचार–प्रसारलाई तीव्रता दिइएको छ। ५ नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष उद्घाटन अगावै प्रचारलाई तीव्र बनाएको हो।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ। लुम्बिनीबाट विश्व शान्तिको सन्देश फैलाउने तथा आन्तरिक पर्यटकको संख्या बढाउने उद्देश्य सहित भ्रमण वर्ष घोषणा गरिएको हो। भ्रमण वर्षको जेठ ४ गते बुद्ध पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक उद्घाटन हुँदैछ।

भ्रमण वर्षको प्रचार प्रसारका लागि मंगलबार बाँकेको नेपालगन्जमा पत्रकार भेटघाट तथा अन्तर्क्रिया गरिएको छ। कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले लुम्बिनी भ्रमण भन्दैमा अरु क्षेत्रलाई नछोडिएको बताए। पर्यटकीय क्षेत्रको प्रचार गर्ने शैलीको कमी रहेको भन्दै त्यस्तो प्रवृतिलाई परिवर्तन गर्दै पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्य भ्रमण वर्षको रहेको उनले बताए।

‘नाम लुम्बिनी भ्रमण वर्ष हो, तर यसमा प्रदेशका सबै स्थान समेटिएका छन्,’ उनले भने, ‘लुम्बिनीलाई केन्द्रमा राखेर मानसरोवरसम्म पर्यटक पुराउने योजना हाम्रो हो।’ काठमाडौंमा आउने पर्यटक पोखरा र सौराहामात्रै नभई लुम्बिनी सहित प्रदेश ५ हुँदै सुदूरपश्चिमसम्म पनि पुराउने लक्ष्य राखिएको उनले बताए।

अन्तरक्रियामा बोल्दै बाँके क्षेत्रका पर्यटन व्यवसायीले लुम्बिनी भ्रमण वर्षमा प्रदेशका हरेक पर्यटकीय क्षेत्रलाई जोड्न सुझाव दिएका छन्। लुम्बिनीभित्र सबै क्षेत्र समेटिँदा आञ्चलिक मनोविज्ञान अन्त्य हुँदै समग्र प्रदेशकै पर्यटन विकास हुने बताए।

भ्रमण वर्षबाट लुम्बिनीमा वार्षिक २० लाख पर्यटन आउने अपेक्षा गरिरएको छ। मन्त्रालयका अधिकृत केशव सुनारले भ्रमण वर्षको प्रचारका लागि सातै प्रदेशमा अन्तरक्रिया गरिएको जानकारी दिए। सरकारले यो बर्ष देशका बिभिन्न भागलाई गन्तब्य स्थानका रुपमा पर्यटकीय क्षेत्र घोषणा गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि सरकारले विभिन्न योजना बनाएर अगाडी बढिरहेको पर्यटन मन्त्रालयका कर्मचारीहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया