आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान सुरु

प्रकाशित
0.9K
SHARES

जनकपुर । इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व ‘रमजान’ मंगलबारदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्।

रोजा बस्न मुसलमानले बिहान ३:४३ बजेबाट बेलुका ६:५० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। यो रमजान हिजरी संवत् १४४० को हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ ‘कुरान’ अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ।

विराटनगर सरौचिया निवासी मोहम्मद अजाद भन्छन्, ‘रमजान महिना हाम्रो लागि निकै महत्वपूर्ण हो र यो पर्वमा मुसलमानका ५ आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ।’

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन्। नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन।

यस्तै उता दोलखाको भिमेश्वरमा रातो मच्छिन्द्रनाथकै जात्रा नौ दिनसम्म चलेर सकिएको छ । दोलखामा कहिलेदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा सुरु भयो भन्ने अनुसन्धानकै विषय हो । तर, पाँच सय वर्षअघिसम्म जात्रा मनाइएका आधारहरु भने भेटिन्छन् ।

दोलखालीहरु पनि वर्षा र सहकालको देवता, करुणामय र अवलोकितेश्वरका रुपमा रातो मच्छिन्द्रनाथको आराधना गर्छन् । जसलाई उनीहरु बुग्देउका रुपमा सम्बोधन गर्छन् । यसको अर्थ ‘बोकेर लगिने’ भन्ने हुन्छ ।

पाटनमा देखिने भन्दा फरक भीमेश्वरको रातो मच्छिन्द्रनाथ जात्रामा ठाडो उकालोमा रथ तानिने भएकाले पनि रथको वनावट र शैली नै भिन्न छ । झण्डै ३० फिट अग्लो रथको पाङ्गा खण्डखण्ड परेको छ । जसलाई स्थानीय भाषामा गरक्चा भनिन्छ । गरक्चाको बनोटले रथलाई उकालोमा लैजान पनि केही सजिलो बनाउँछ ।

सयौं वर्षअघि यस्तो उकालो गाउँमा किन रातो मच्छिन्द्रनाथको जात्रा मनाइयो त ? एउटा किला पनि नठोकी यति अग्लो रथ त्यस्तो उकालोमा तान्न कसरी सम्भव भइरहेको छ ? यस्ता प्रश्नको जवाफ त्यहाँको अवस्थिति र धार्मिक सामाजिक पक्षसँग जोडिन्छ ।

आफ्नो घरअगाडि रथ आएपछि स्थानीयहरु पूजा गर्छन्, रथ तान्न सहभागी हुन्छन् । जुन टोलमा रथ लगिन्छ, त्यही टोलका बासिन्दाले तोकिएको ठाउँसम्म रथ पुर्‍याउने जिम्मेवारी हुन्छ । यसरी रथ बनाउँदादेखि जुटेका स्थानीय जात्रा नसकिँदासम्म सँगसँगै रहन्छन् ।

प्रतिक्रिया