आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारले फेरी गर्यो जनता रुवाउने यस्तो निर्णय

प्रकाशित
1K
SHARES

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमकाअनुसार बिहीबार राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य बढेको छ ।

काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

मूल्य बढेपछि आगामी शुक्रबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ । आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।

१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्यरुपमा बढेकाले मूल्य बढाउनुपरेको गोइतले बताए ।अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इन्डियन आयल कर्पोरेसनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।

यसैबिच  सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बोलाइएको छ ।

अपरान्ह ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ । अघिल्लो वर्ष दुई तिहाई मतसहितको वर्तमान सरकारले ल्याएका नीति तथा कार्यक्रमले शक्तिशाली सरकारले भनेजस्तो कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना भएपछि यसपटक समृद्ध मुलुक बनाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको सरकारी पक्षको दाबी छ ।

यही नीति तथा कार्यक्रमलाई टेकेर जनमुखी बजेट ल्याउने अर्थमन्त्रालयले जनाएको छ । यो पटकको बजेटमार्फत जनताले गुनासो गर्ने आधार नराख्ने मन्त्रालयको दाबी छ ।

नीति तथा कार्यक्रमको तयारीका लागि संसद सचिवालले शुक्रबार बिहान संसद भवनमा नीति तथा कार्यक्रमको प्रस्तुतीबारे रिहर्सल गर्ने तयारी गरेको छ।

प्रतिक्रिया