आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाबिहानै च्यार्लाेट क्याम्पसमा गोली चल्यो २ जनाको मृत्यु, प्रहरी घट्नास्थलतर्फ़ जादै

प्रकाशित
1.3K
SHARES

काठमाडौं । च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी २ जनाको ज्यान गएको छ । गोली प्रहारबाट अरु केही घाइते भएका बताइएको छ । सो गोलीकाण्ड भएको थियो । केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो ।

यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको बताइएको छ ।

विद्यार्थीहरु विदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो । त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो ।

स्थानीय इमर्जेन्सी सेवाले दुई जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ ।

च्यार्लाेटको प्रहरी सेवाले आक्रमणकारीको पहिचान गरेको छ । सो विभागकाअनुसार गोली हान्ने व्यक्ति सो क्याम्पसको एकजना २२ वर्षीय विद्यार्थी रहेका बताइएको छ । उनको नाम त्रिस्तान एन्ड्रयु हुन् । आक्रमणकारीलाई प्रहरी थुनामा राखिएको छ । तर घटनाको बारेमा ती व्यक्तिले स्वीकार नगरेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै पाकिस्तानमा रहेर कश्मीरमा सक्रिय आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंककारीको सूचीमा राखेको छ ।

चीनले यसअघिको आफ्नो अडानलाई त्यागेर अजहरलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न आनाकानी गर्दै आएकोमा हाल भने चीन पनि उनलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत फेब्रुअरी महिनामा फ्रान्स, बेलायत र अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् अन्तर्गतको अल कायदा तथा इस्लामिक स्टेट नाकाबन्दी समितिमा मसुद अजहरलाई आतंककारीको सूचीमा राख्न गरेको प्रस्तावलाई चीनले अस्वीकार गरेको थियो ।

अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा परेपछि अब मसुद अजहरमाथि हतियार खरिदविक्री तथा यात्रामा प्रतिबन्ध लाग्नेछ भने उनको सम्पत्ति पनि रोक्का हुनेछ ।

मसुद अजहरको आतंकवादी संगठन जैश–ए–मोहम्मदले गत फेब्रुअरी महिनामा ५० भन्दा धेरै भारतीय अर्धसैनिक मारिनेगरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती बम आक्रमणको जिम्मा लिएको थियो । यो समूहको अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदासँग पनि साँठगाँठ रहेको बताइन्छ ।

प्रतिक्रिया