आज : गते

ताजा शिर्षकहरु

विमान चालकहरूको यस्तो मागले गर्दा बिहानैदेखि उडान ठप्प, हजारौ हवाई यात्रु प्रभावित

प्रकाशित
1.2K
SHARES

काठमाडौं ।  स्काण्डिनाभियन एअरलाइन (एसएएस)का विमान चालकहरूको हडताल स्थानीय समय अनुसार बुधबार पनि जारी रहने भएको छ ।

विमान चालकको आन्दोलन पाँचौँ दिन पनि जारी रहँदा बुधबारका लागि तय भएका करिब ५०० उडान अवरूद्ध हुने र यसबाट करिब ४७ हजार हवाई यात्रु प्रभावित बन्ने कम्पनीले जनाएको छ ।

आन्दोलनका मङ्गलबार उक्त विमान कम्पनीका करिब ५४६ उडान अवरूद्ध बनेका र यसबाट ४८ हजार यात्रु अलपत्र बनेका जनाइएको छ । आन्दोलनका कारण मङ्गलबारसम्म तीन हजार ३०६ वटा उडान अवरूद्ध भएका छन् भने यसबाट तीन लाख २६ हजार ९१७ यात्रुलाई असुविधा भएको छ, कम्पनीद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

विमान चालकहरूले उनीहरूको तलव तथा कार्यसूचीको निश्चितताका लागि दुईपक्षीय कार्यस्थल सहमतिका लागि भनी हडताल शुरू भएको र यसले आन्दोलनको चर्को रुप लिएको छ ।

यसैबिच भेनेजुयलाका विपक्षी नेता जुवान गुइदोले राष्ट्रपति निकोलास मदुरोको शासनकाल अन्त्य गराउन अन्तिम चरणको प्रयत्न गर्ने घोषणा गरेका छन् । उनले आफूलाई सेनाको समर्थन रहेको पनि दाबी गरेका छन् ।

हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग बसेको देखिन्छन् ।

गुइदोले राष्ट्रपति मदुरोको अवैध शासनको अन्त्यमा सघाउन सेनालाई आह्वान गरेका छन् । सेनाले अहिलेसम्म मदुरोलाई समर्थन गरिरहेको छ र ग्वाइदोलाई समर्थन गर्न अस्वीकार गरेको छ ।

ग्वाइदोले गत ज्यानुअरी महिनामा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए र बढी भन्दा बढी सैनिकहरूले उनलाई समर्थन गरेर राष्ट्रपति मदुरोले हत्याएको सत्ताको अन्त्य गर्न सघाउन आह्वान गरेका थिए ।

ग्वाइदोसँगको मुठभेडमा सेनाले सामान्यतया राष्ट्रपति मदुरोलाई नै समर्थन गरिरहेको छ । दुवै पक्षका समर्थकहरू राजधानी कराकसका विभिन्न स्थानमा भेला भैरहेका छन् । ग्वाइदोका समर्थक र सैनिकहरूबीच झडपहरू भैरहेका छन् ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रोनोले सरकारी टेलिभिजनमा बोल्दै सेना राष्ट्रपति मदुरोको पक्षमा रहेकोमा जोड दिएका छन् । उनले केही सैनिकहरूले गर्न खोजेका विद्रोहलाई आंशिक रूपमा पराजित गरिएको तर रक्तपात हुने सम्भावना बलियो रहेको चेतावनी दिएका छन् । यता अमेरिकाले पनि पछिल्लो बस्तुस्थितिलाई नियालीरहेको जनाएको छ ।

 

प्रतिक्रिया