आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बीआरआईको अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको नेपालीमा सम्बोधन

प्रकाशित
1.2K
SHARES

काठमाडौं । सीमापार रेलमार्गले हिमालय वारपार बहुआयामिक ‘कनेक्टिभिटी’ को विकास हुनेमा नेपालले जोड दिएको छ। रेलमार्गले नेपाल र चीनबीच मात्र नभई अन्य मुलुकसँग सम्पर्क सञ्जाल प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राष्ट्रपति विद्यादेवी भण्डारीबाट व्यक्त भएको हो। यसमा चिनियाँ सहयोग अपरिहार्य रहेको राष्ट्रपति भण्डारीको भनाइ छ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीबाट यस्तो धारणा व्यक्त भएको हो। सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढ रहेकाले यस्तो सञ्जाल थप महŒवपूर्ण रहने राष्ट्रपतिको भनाइ छ।

राष्ट्रपति भण्डारीका अनुसार अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न नेपाललाई तत्काल छिमेकीको साथ चाहिएको छ। बैठकमा सम्बोधनका क्रममा राष्ट्रपतिबाट चीनको अग्रसरताका लागि समकक्षी सी चिनफिङप्रति धन्यवाद व्यक्त भएको छ। ‘विश्व आज गम्भीर परिवर्तनको मोडमा छ। संसारका धेरैजसो भागमा गरिबी घटेको छ। स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ र धेरै अर्थतन्त्र समृद्ध बन्दै गइरहेका छन्। प्राविधिक क्रान्तिले सम्भावनाको ढोका खोलिदिएको छ। आपसी सहयोग नभएको भए ती उपलब्धि सम्भव हुने थिएनन्,’ राष्ट्रपतिद्वारा नेपालीमा प्रस्तुत भाषणमा उल्लेख छ।

नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्टोक्ति राष्ट्रपति भण्डारीको छ।

दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माणमा सामूहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि बीआरआई फोरम अघि बढ्ने विश्वास राष्ट्रपतिको छ।

आपसी सहकार्यबिना सफलता सोच्न नसक्ने भन्दै राष्ट्रपतिबाट बीआरआईमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सीको लक्ष्य सफल पार्नुपर्ने धारणा भनाइ छ। राष्ट्रपतिका अनुसार बीआरआई सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्वपूर्ण फ्रेमवर्क हो।

राष्ट्रपतिबाट विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्ने धारणा व्यक्त भएको छ। ‘उज्ज्वल र अझ राम्रो भविष्यको खोजले कम होइन अझ बढी कनेक्टिभिटीको माग गर्दछ’, राष्ट्रपतिको भाषणमा उल्लेख छ।

समृद्ध सभ्यता भएकाले एसियाको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्ने धारणा राष्ट्रपति भण्डारीको छ। राष्ट्रपतिका अनुसार आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो।

यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धि हुनेमा राष्ट्रपतिको जोड छ। बढ्दो कन्क्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धका लागि व्यापक अवसरको ढोका खुल्ने विश्वास राष्ट्रपतिको छ।

प्रतिक्रिया