आज : गते

ताजा शिर्षकहरु

टार्गेटमा हुदाहुदै बिस्फोट हुनबाट कसरी जोगियो विनोद चौधरीको पाँच तारे होटल, यस्तो भन्छ प्रहरी

प्रकाशित
1.5K
SHARES

काठमाडौँ । श्रीलंकाको कोलम्वोस्थित विनोद चौधरीको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्टोफबाट धन्न जोगिएको छ। प्रहरीका अनुसार अन्तराष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेटले (आइएस) आइतबार कोलम्वोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट’ सो होटल पनि थियो।

आइएसका एक आत्मघाती आक्रमणकारी ढाडमा बोकेको झोलाभरि बिस्फोटक सामाग्री लिएर उक्त होटलमा पनि पुगेको श्रीलंकाका अधिकारीहरुलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ। ती आक्रमणकारीले दुई पटक बम पडकाउन खोजेको तर प्राविधिक समस्याले बम नपढ्केको प्रहरीले जनाएको छ।

त्यसपछि समुन्द्र किनारमा रहेको सो पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसे। त्यँही वम बिस्फोट भएर उनको मृत्यू भयो। सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पडकेकको अनुमान प्रहरीले गरेको छ।

ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या झनै धेरै हुने प्रहरीको आकलन छ। समुन्द्र तटमा रहेको कोलम्वोको प्रख्यात ‘ताज समुन्द्र’ प्रायजसो विदेशी पाउनहरुले भरिभराउ हुने गर्छ।

‘ताज समुन्द्र’ भारतको प्रसिद्ध ‘ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो। अहिले चौधरी समुहका संसारभर कैयौं होटल र रिसोर्ट छन्।

यसैबिच श्रीलंकाको राजधानी कोलम्वोमा हजारौं प्रहरी र गुप्तचर संस्थाका अधिकारीहरुले छ जना मानिसको खोजी तीब्र पारेका छन्। न्यूयोर्क टाइम्सका अनुसार तीन महिला र तीन पुरुषको सो समुहले अहिले पनि राजधानी कोलम्वोमा आत्मघाती बम आक्रमण गर्ने प्रयास गरिरहेको प्रहरीले अनुमान गरेको छ।

गत आइतबार होटेल र चर्चहरुमा भएको आक्रमणपछि पनि आत्मघाती आक्रमणको खतरा नटरेको प्रधानमन्त्री रणिल विक्रमासिङघेले जनाएका छन्।

श्रीलंकाको प्रहरीले सम्भावित आक्रमणकारीहरु अहिले चुपचाप लुकेर बसेको र मौका पाउना साथ आक्रमण गर्नसक्ने भन्दै आममानिसलाई सतर्क गराएको छ। सम्भावित आक्रमणकारीको तस्बीर पनि प्रहरीले सार्वजनिक गरेको छ।

श्रीलंकाले अहिलेसम्म ७० भन्दा बढि शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिसकेको छ।

आतंककारी समुह इस्लामिक स्टेटले जिम्मा लिएको यो आक्रमणको अनुसन्धान गर्न र थप आक्रमण हुनबाट जोगाउन श्रीलंकालाई अमेरिकाको गुप्तचर संस्था एफबिआई, बेलयातको ऐमआई-१६का साथै भारत, अष्ट्रेलिया, स्विजरल्याण्डका संस्थाहरुले पनि सघाइरहेका छन्।

आइतबारको आक्रमणमा परि मर्नेको संख्या भने सरकारले पहिले भनिए भन्दा झण्डै १०० जना कम भएको जनाएको छ। श्रीलंकाको स्वास्थ मन्त्रालयले बम आक्रमणमा मर्नेको संख्या २५३ जना मात्र रहेको जनाएको छ। पहिले यो संख्या ३५९ पुगेको श्रीलंकन अधिकारीहरुले जनाएका थिए। बम आक्रमणमा पर्नेहरुको लास क्षतविक्षत भएकाले संख्या सुरुमा यकिन गर्न नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै अन्तरराष्ट्रिय आतंकवादी संगठन ईस्लामिक स्टेटले जिम्मा लिएको आत्मघाती बम विस्फोटमा मृतकको संख्या श्रीलंका सरकारले घटाईदिएको छ .

करिब ३५० जना नागरिक र विदेशी आगन्तुकहरुमा मारिएको प्रारम्भिक आंकडा आएपनि कोलोम्बोस्थित स्वास्थ्य मन्त्रालयले विस्फोटमा परि २५३ जनाको मृत्यु भएको जनाएको छ ।

गत आईतबार राजधानी कोलोम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकर्ताले होटल र चर्चलाई निशाना बनाउँदै ९ वटा भयानक विस्फोटहरु गराएका थिए । सो विस्फोटमा अन्य सैयौं मानिसहरु घाईते भएका छन् ।

विस्फोटमा संलग्न रहेको भनिएकाहरुको तस्बीर श्रीलंकन प्रहरीले सार्वजनिक गरेको छ र तीमध्ये ८ जना श्रीलंकाकै रहेको पहिचान भएको छ । ईस्लामिक स्टेटले हमला आफुले गराएको दाबी गरेपनि कोलोम्बोले भने यसबारे छानबीन गरिरहेको बताएको छ ।

प्रतिक्रिया