आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फूटपाथमा खुलेयाम युवती बलात्कार हुदाँ वेवास्ता गर्दै बाटो बदलेर हिडे मानिस

प्रकाशित
21.8K
SHARES

आन्द्र प्रदेशको विशाखापट्टनममा आइतबार फुटपाथमा खुलमखुला रुपमा एक असक्त महिला बलात्कृत भएकी छन ।

फुटपाथको एउटा रुखमुनि छायामा बसिरहेकी एक मानसिक रोगी महिलालाई २१ वर्षीय एक युवाले खुलेयाम रुपमा बलात्कार गरेको बताइएको छ । रेल्बे स्टेशनमा नजिक उक्त घटना भएका हो । दुखद कुरा त यो छ की पीडित महिलाले सहयोगका हारगुहार गरिरहिन तर मानिसहरु उनलाई सहयोग गर्न छाडेर बाटो परिबर्तन गरेर आफ्नो गन्तव्यतिर लागेको बताइएको छ ।

एक जना रिक्सा चालकले दिएको भिडियोको सहायताले भारतीय प्रहरीले अभियुक्तलाई गांजी शिव नामको उक्त व्यक्तिलाई पक्राउ गरिसकेको छ । प्रहरीले उनी विरुद्ध उजुरी दर्ता गरिसकेको बताइएको छ । प्रहरीले उक्त व्यक्ति हिष्ट्रियालाई भएको बताएको छ ।

प्रहरीको प्राम्भिक अनुसन्धानबाट उसले पहिला महिलाको छेउमा आएर छेड्छाड गरेको र त्यस लगत्तै बलात्कार गरको स्वीकार गरेको बताइएको छ । अभियुक्त पक्राउ पर्दा नसामा रहेको प्रहरीले बताएको छ ।

घटनाका विषयलाई लिएर रिक्सा चालकको पनि व्यापक आलोचना भएको बताइएको छ । केही अधिकारकर्मीहरुले भिडियो बनाउनुको सट्टा रिक्सा चालकले पीडित महिलाको उद्दार गर्नु पर्ने भनी सामाजिक सञ्जालमा कडा आक्रोश व्यक्त गरेका छन । एजेन्सी

प्रतिक्रिया