आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा महासचिव विप्लवसँग अधिकारकर्मी सावित्रीको यस्तो निवेदन…

प्रकाशित
17.3K
SHARES

महिला अधिकारकर्मी सावित्री दुबेदीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सँग देशका शैक्षिक माफियाहरुलाई कारबाही गर्न भन्दै खुल्ला निबेदन गरेकी छन् । उनले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै यस्तो निवेदन लेखेको हुन्।

सावित्रीले विप्लवलाई लेखेको निवेदनमा नेपालका संसदीय राजनीतिक शक्तिहरुले राजनीतिका नाममा व्यापार गर्ने गरेको पनि उल्लेख गरेकी छन् । उनले नेपालका निजी बिद्यालय दलाल उत्पादन गर्ने अखडाको रापमा बिकाश भइरहेको बताएकी छन् ।

उनले नेपालका निजी बिद्यालय कलमको भाषा भन्दा पनी बन्दुकको भाषा मात्र बुझ्ने भएकाले तिनलाई जनताको जनअदालतमा मुद्दा चलाएर जनमुक्ति सेनाको निगरानीमा तिनका मालिकहरुलाई कारबाही गर्न संकेत गरेकी छन् ।

हेरौ सावित्री सुबेदीको निबेदन जस्ताको त्यस्तै 

अादरणिय विप्लव कमरेड 

कुनै पनि देशमा दुई शक्तिको अावश्यक रहिरहन्छ एउटा संसदीयवादी शक्ति जो व्यापार गर्न माहिर रहन्छ र अर्को हजुरले खोजे जस्तै रोजे जस्तै क्रान्तिकारी शक्ति जो व्यापारीलाई अंकुश लगाउन सकोस।

निजी विद्यालय जो आज व्यापार गर्ने ठाउँमा रुपान्तरण भएको छ । खसीबोका किने जस्तो र दलाल उत्पादन गर्ने कोठी बनेको छ । अब कहिले बन्द हुन्छ यो व्यापार ? सभ्रान्त कहलिएर देश विकासका आधारहरुमाथि चरम व्यापार गर्ने माथि पनि अाक्रमण हुन्छ कि हुँदैन ?

के गरीब हुनु नै अभिशाप हो ? गरीबका निम्ति लड्ने हजुर जस्ता कुशल कमाण्डरले उल्लेन्स स्कुल, जेम्स, लिट्ट्ल एन्जेल्स, रातो बङ्लामा जन-कारबाही गर्न किन नसक्ने ?

यी विद्यालयहरु भट्टी भन्दा फरक छैनन । बरु भट्टीको नशा एक रात मात्र रहन्छ तर यी विद्यालयको दुस्प्रभाव दीर्घकालीन रहन्छ।

त्यसैले अबको जन अभियान सहितको फौजी कारबाही यस्ता विद्यालयमा नै गरियोस जहाँबाट नै विद्रोहको सुरुवात हुनेछ । यी विद्यालयको लुट विरुद्ध हजुरको अभियान अगाडि बढोस् र हजुरको साथमा म जस्ता हजारौं युवा हुनेछन।

यी विद्यालयले कलमको भाषा भन्दा बढि बन्दुकको भाषा बुझ्ने गर्दछन त्यसैले बन्दुक र कलम सहि प्रयोग आजको अावश्यकता हो ।
गरीब जनताको पक्षमा हुने हरेक लडाईंमा मेरो साथ हुनेछ।

निवेदक
सगरमाथाकी छोरी
( सावित्री सुवेदी )

स्टाटसको फोटो

प्रतिक्रिया