इमान्दार संवाददाता
३० पटक

नेपालगञ्ज । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परादेखि मनाइदै आएको चाड तिहारमा पनि झडपका घटना भएका छन् ।

देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच बाँकेमा झडप भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनिया गाउँमा दुई पक्षबीच दोहोरो झडप हुँदा गाउँमा त्रास भैलिएको छ ।

झडपमा परेर नौ जना घाइते भएका छन् । बिहीबार राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा पिएका दुई युवा समूहबीच कुटाकुट भएको थियो ।

विवाद हुँदा हुँदै कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । प्रहरीले यस घटनामा संलग्न १० जना युवालाई नियन्त्रणमा लिएको छ ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । गाउँका युवाले मदिरासँगै लागूऔषधसमेत खाने गरेकाले बेलाबेलामा दुःख दिने गरेको स्थानीय अगुवाहरूले बताए ।

२०७५ कात्तिक २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...