इमान्दार संवाददाता
१३ पटक

दाङ । दाङमा भैलो खेल्न जाँदै गरेका व्यक्तिहरु चढेको जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका –७, राजापुरमा लु १ च ७५१६ नम्बरको जीप दुर्घटना हुँदा भैलो खेल्न जाँदै गरेका २० जना घाइते भएका हुन् ।

तुलसीपुर बजारबाट आदर्श युथ क्लबको टोली पर्सेनीमा भैलो खेल्न आउँदै गरेको त्यो जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

केही घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने केहीको घोराही र नेपालगञ्ज रिफर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ । दुर्घटना पछि जीप चालक फरार भएका छन् । घाइतेमध्ये अहिलेसम्म तीन जनाको मात्रै परिचय खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका –७, झुमारेकी १८ वर्षीया कामना भुसालको टाउकोमा चोट लागेको र त्यसै ठाउँका २४ वर्षीय सुदन चौधरीलाई तुलसीपुरमा प्रारम्भिक उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

यसैगरी वर्षीया सरस्वती भट्टराईको प्रारम्भीक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...