आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२८ पटक

काठमाडौं । विद्युतीय बत्तीहरुको कारोबार बढ्दै गएसँगै परम्परागत माटोका पालाको प्रयोगमा कमी आउँदै गएको छ । लोडसेडिङको अन्त्य भएको र बाल्न पनि सहज हुने भएकाले विद्युतीय बत्तीहरुको प्रयोग बढेको हो ।

यसकारण माटोबाट बनेका पालाहरुको प्रयोगमा कमी आएको उत्पादकहरु बताउँछन् । तर, असनबजारका केही व्यवसायीहरु भने माटोबाट बनेका पाला र अरु सामग्रीहरुको कारोबार पनि उल्लेख्य दरमा भइरहेको बताउँछन् ।

पाला, मूर्ति, कलशजस्ता माटोबाट बनेका सामग्रीहरुको व्यापार अहिलेपनि नघटेको उनीहरुको भनाइ छ । विशेषगरी पूजाका लागि प्रयोग हुने माटोबाट बनेका दियो, पाला, मूर्ति, कलशलगायतका वस्तुहरुको किनबेच तिहारका बेला धेरै हुने गर्दछ ।

माटोबाट बनाइने यस्ता माटोजन्य सामग्री पूजाका लागि शुद्ध पनि मानिन्छ । माटोबाट बनेका केही पाला तथा दियोहरु भारतबाटसमेत आयात हुने गरेको व्यापारी बताउँछन् ।

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...