आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२४ पटक

इस्लामावाद । पाकिस्तानमा इस्लाम धर्मको निन्दा गरेको आरोपबाट मुक्त भएकी क्रिस्चियन महिला आसिया बीबी कारागारबाट रिहा भएकी छन् । उनलाई मुल्तान शहरको जेलबाट रिहा गरिएको हो ।

आसियाका वकिल सैफ–उल–मुलुकले कारागारबाट रिहा भइसकेको जनाएका हुन् । तर उनी कहाँ छिन् भन्ने खुलाइएको छैन । उनलाई पाकिस्तानी तल्लो अदालतले मृत्युदण्डको फैसला गरेको भए पनि सर्वोच्चले त्यसलाई रद्द गर्दै आरोपबाट मुक्त गरेको थियो ।

रिहा भएकी आसिया विमानमार्फत् पाकिस्तानबाट बाहिर गइरहेको खबरहरु सार्वजनिक भएका छन् । सर्वोच्च अदालतको फैसलाविरुद्ध पाकिस्तानका मुस्लिम कट्टरपन्थीले व्यापक प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीसँग सरकारले आसिया बीबीलाई देशबाट बाहिर जान नदिने बताएको थियो । प्रदर्शन चर्किँदै गएपछि आसियाका पतिले आफ्नो परिवारलाई पाकिस्तानमा जोखिम रहेको भन्दै अमेरिका, बेलायत, क्यानडासहितका देशसँग शरणका लागि अपिल गरेका थिए । (एजेन्सी)

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...