आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
६४ पटक

प्यूठान । प्यूठानका जनप्रतिनिधिहरु आफै गुण्डागिरीमा उर्तिन थालेका छन् । ओली सरकार मातहतका स्थानीय तह सम्हाल्ने जनप्रतिनिधि जनताका कामप्रति समर्पित नभएको आरोप लागिरहेका बेला उनीहरु आफै गुण्डागर्दीमा उत्रिएपछी चौतर्फी आलोचना हुन थालेको छ ।

स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईले पत्रकार केन्द्रप्रकाश पिबीको टाउको फुटाएको घटना सेलाउन नपाउँदै जिल्लाका अर्का एक जनप्रतिनिधिले शिक्षकको टाउको फुटाएका छन् ।

प्यूठानको झिमरुक गाउँपालिका-८ का वडाअध्यक्ष तुलस बस्नेतले एक शिक्षकको टाउको फुटाएका हुन् । जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई वडाअध्यक्ष बस्नेतले टाउकोमा कुर्सीले हानी घाइते बनाएका हुन् ।

घाइते शिक्षक एमसीको जिल्ला अस्पताल विजुवारमा उपचार गरिएको छ । उनको टाउँकोमा पाँचवटा टाका लगाइएको छ । विद्यालयको व्यवस्थापन समितिको बैठक चलिरहेका बेला मंगलबार सामान्य भनाभन हुँदा अध्यक्ष बस्नेतले हातपात गरी कुर्सी प्रहार गरेको एमसीले बताएका छन् ।

यसअघि पनि अध्यक्षले आफूलाई समय-समयमा गालीगलौज गर्ने गरेको शिक्षक एमसीको आरोप छ । विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माविमा पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् । वडाअध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार केन्द्रप्रकाशलाई पूर्वमाओवादी केन्द्रका नेता समेत रहेका वडाअध्यक्षले नगरपालिकाको कार्यालयभित्रै टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए भने शिक्षक एमसीलाई पनि विद्यालय बैठकमै । जनप्रतिनिधिले भौतिक आक्रमण गरेका छन् ।

यी दुई आक्रमणका घटनाले प्यूठानका जनप्रतिनिधिको चौतर्फी आलोचना त भएको छ नै यसरी जनताको मत प्राप्त जिम्मेवार पदमा पुगेका व्यक्तिहरुले जथाभावि हात छोड्दा अराजकतालाई बढवा मिलेको सर्वसाधारणको भनाई छ ।

यसले देशलाई सम्वृद्धि र शान्ती दिलाउने अभियान चलाइरहेको दावी गर्ने प्रधानमन्त्री ओलीको सपनालाई माटोमा मिलाइदिएको छ भने स्थानीय तहबाट जनताले पाउने सेवाको आशा पनि सपनामै तिहिएको छ ।

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...