आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
८२ पटक

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा पुनः बोलेका छन् । गृहमन्त्री थापाले बलात्कारपछि हत्या गर्ने अपराधीलाई छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् ।

गृहमन्त्री थापाले रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै बलात्कार घटनाका अपराधिहरु कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

उनले भने- ‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’

निर्मला हत्या प्रकरणका अपराधीहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी रहेको भन्दै थापाले दोषीहरु कानूनको कठघरामा छिट्टै आउँने बताएका छन् ।

देशमा भइरहेको बलात्कार, भ्रष्टाचार, तस्करी, बेथिति र अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियानमा आफ्नो गृह प्रशासन लागि रहेको भन्दै गृहमन्त्री थापाले आफु आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी समेत दिए ।

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...