इमान्दार संवाददाता
३८ पटक

काठमाडौँ । बिजयकुमार गच्छदार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको उपसभापति मनोनयन भएका छन् । मंगलबार बसेको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठले गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउन गरेको प्रस्ताव पारित गरेसँगै अब काँग्रेसमा दुई जना उपसभापति भएका छन् । यसअघि विमलेन्द्र निधी उपसभापति मनोनित भइसकेका छन् । सभापति देउवाले गच्छदारलाई नेपाली कांग्रेसको मौजुदा विधानको बाधा अडकाउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाएका हुन् ।

नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको छ । गच्छदारलाई उपसभापति बनाउदा विधानको यो व्यवस्था मिचिने भएका कारण बाधा अडकाउ फुकाउको प्रयोग गर्दै सभापति देउवाले उपसभापति बनाएका हुन् ।

गच्छदारले गएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि नेपाल लोकतान्त्रिक फोरमलाई काँग्रैसमा बिलय गराएका थिए ।

मंगलबारकै केन्द्रीय समिति बैठकले आउँदो मंसिर पहिलो हप्ता तय महासमिति बैठक पनि सार्ने निर्णय गरेको छ । यसअघि मंसिर ५ देखि ९ गतेसम्म हुने भनेको महासमिति बैठक अब मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिएको हो ।

केन्द्रीय समितिको बैठकले कांग्रेससँग पार्टी एकीकरण गरेको नेपाल लोकतान्त्रिक फोरमका अन्य नेता तथा भातृ संस्थाका नेतालाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधीको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

२०७५ कात्तिक २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...