आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
९५ पटक

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–९ कालागौडामा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुने सबै दश जनाको सनाखत भएको छ ।

कालागौँडा नजीकै बतासे वडारबाट भेरी नदीमा खसेर जीप दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा सात पुरुष र तीन महिला रहेका छन् ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षकी अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षका कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीय मनिषा धराला रहेका छन् ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् । घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै शवको मङ्गलबार परीक्षण गरेर आफन्तलाई बुझाइने बताइएको छ ।

१२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप सोमबार अपराह्न दुर्घटना भएको हो । जीप सडकबाट पन्ध्र मिटर तल ठूलीभेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए ।

२०७५ कात्तिक २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...